म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा सोमबार (आज) देखि जिल्लामा उत्पादित आग्र्यानिक सामानको खरिद र विक्रीका लागि कोशेली घरको उद्घाटन गरिएको छ ।
जिल्लाका किसानहरुले उत्पादन गरेका अर्गानिक बस्तुको बजारीकरण र प्रचारप्रसारका लागि बेनी नगरपालिका–८, कालिपुल बसपार्कमा कोसेली घर सञ्चालन गरिएको हो ।
म्याग्दीको ग्रामीण क्षेत्रहरुमा उत्पादन हुने अर्गानिक उत्पादन सङ्कलन, प्रशोधन, प्याकेजिङ गरी स्वदेश तथा विदेशमा बिक्री गर्ने गरी सञ्चालनमा आएको कोशेली घरको बेनी नगरपालिकाका प्रमुख सुरत केसी र उपमेयर ज्योति लामिछानेले सोमबार (आज) संयुक्तरुपमा उद्घाटन गर्नुभयो । नागरपालिकाले अर्गानिक उत्पादनको बजारीकरणमा सघाउने उहाँहरुले प्रतिबद्धता समेत जनाउनुभएको थियो ।
म्याग्दी उद्योग वाणिज्य सङ्घको संरक्षण तथा सञ्चालनमा रहेको पर्यटक सूचना केन्द्रको भवनमा कोसेली घर सञ्चालन गरिएको हो ।
“स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने नीति लिएका छौँ,म्याग्दीका अर्गानिक उत्पादनलाई ग्राहकले रुचाउने गरेको पाइएको छ” कोशेली घरको उद्घाटन पछि मन्तव्य व्यक्त गर्दै मेयर केसीले भन्नुभयो । महिला उद्यम विकास समितिकी उपाध्यक्ष एवम् अगुवा महिला उद्यमी डिलमायाँ घतानेले सञ्चालन गरेको कोसेलीघरमा स्थानीय उत्पादनको प्रवद्र्धन र बजारीकरणका लागि समेत सहज भएको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो ।
अध्यक्ष श्रेष्ठले जिल्लाका छ वटै स्थानीय तह र छिमेकी मुस्ताङका अर्गानिक उत्पादनलाई स्वदेश तथा विदेशमा बिक्री गर्ने गरी कोसेली घर सञ्चालन गरिएको जानकारी दिनुभयो । कोसेली घरमा भटमास, भाँगो, मह, घ्यु, फापरको पिठो, गहत,मकै, च्याउ, पिठो (फापर,जौ, मकै र कोदोको), चामल, सिस्नुको धुलो, ढकायो, टिम्मुर लगायत करिब सय थरिका सामान रहेको छ ।
त्यस्तै ढाका र अल्लोबाट निर्मित कपडाहरु, दुना टपरी,बाँसका मुढा, बाँसबाट निर्मित सामग्रीहरु र विभिन्न जातजातिका भेषभूषाका सामग्रीहरु समेत बिक्रीका लागि राखिएका छन् । अर्गानिक सामानका पारखीहरुलाई कोशेली घरले आर्कषित गर्ने सञ्चालिका घतानेले बताउनुभयो । म्याग्दीको अर्गानिक सामान (चिमखोले चोयाँको डोको, टिम्मुर,भीरमह, अल्लाका कपडा लगाएत) को माग विश्व बजारसम्म रहेको उहाँले बताउनुभयो ।
म्याग्दी उद्योग बाणिज्य संघका महासचिव नारायण घर्तीक्षेत्रीले उत्पादन बजारीकरणमा समस्या भएमा कोसेली घरले सहजीकरण गर्ने बताउनुभयो । महिला उद्यमीको अग्रसरतामा भएको उक्त कोसेली घरबाट म्याग्दीको ब्रान्ड स्थापित गर्ने उहाँको भनाइ थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच