काठमाडौं । भारतलाई टी-२० विश्वकप जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका अलराउण्डर हार्दिक पाण्ड्या आइसिसीको टी-२० अलराउण्डरको वरीयतामा शीर्ष स्थानमा उक्लिनुभएको छ । आइसिसीले बुधबार सार्वजनिक गरेको वरीयतामा हार्दिक पाण्ड्या अलराउण्डरको वरीयतामा शीर्ष स्थानमा उक्लिनुभएको हो । हार्दिकले विश्वकपमा गरेको प्रदर्शनका आधारमा दुई स्थान सुधार गर्दै शीर्ष स्थानमा उक्लिनुभएको हो ।
त्यस्तै, श्रीलंकाका वानिन्दु हसरंगा यो सूचीको दोस्रो स्थानमा हुनुहुन्छ भने अष्ट्रेलियाका मार्कस स्टोइनिस तेस्रो स्थानमा रहनुभएको छ ।
त्यस्तै, जिम्बाबेका सिकन्दर राजा चौथो, बंगलादेशका शकिब अल हसन पाँचौँ स्थानमा तथा अफगानिस्तानका मोहम्मद नावी छैटौँ स्थानमा हुनुहुन्छ । अलराउण्डरको वरीयतामा नेपालका दीपेन्द्र सिंह ऐरी सातौँ स्थानमा नै कायम रहनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच