इटाली । सिमोन इन्जाघीले इटालियन सिरी ‘ए’ च्याम्पियन इन्टर मिलानसँग एक वर्ष सम्झौता थप गर्नुभएको छ । ४८ वर्षीय इन्जाघीले एन्टोनियो कोन्टेको बहिर्गमनपछि सन् २०२१ मा दुई वर्षका लागि जिम्मेवारी सम्हाल्नुभएको थियो । ‘यो नयाँ सम्झौतासँगै प्रशिक्षकले सन् २०२६ सम्म टोलीको नेतृत्व गर्नेछन्,’ क्लबले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
इन्टरले गत अप्रिलमा सिटी प्रतिद्वन्द्वी एसी मिलानलाई २-१ ले पराजित गर्दै पाँच खेल बाँकी छँदै २०औँ लिग उपाधि जितेको थियो । तीन सिजनमा लाजियोका पूर्वप्रशिक्षकले क्लबलाई तीन इटालियन सुपर कप, दुई इटालियन कप र २०२३ मा च्याम्पियन्स लिगको फाइनलसम्म पुर्याउनुभएको थियो ।
गत सिजन च्याम्पियन्स लिग र इटालियन कपमा अन्तिम १६ बाट बाहिरिएको इन्टरले सिरी ‘ए’ मा २९ जित, सात बराबरी र दुई हार बेहोरेको थियो । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच