जुम्ला । जुम्लामा एक लघु जलविद्युत आयोजनाको पावर हावस भाँसिदा एकै परिवारका तीन जनाको ज्यान गएको छ।
जिल्लाको हिमा गाउँपालिका-१ आचार्यलिहीस्थित भित्री खोला लघु जलविद्युत् आयोजनाको पावर हाउस भासिँदा चौकीदार गोरकबहादुर रावतका श्रीमती र दुई छोराको मृत्यु भएको हो ।
मृत्यु हुनेमा ३० वर्षीया विमला रावत र उहाँका दुई छोरा ९ वर्षीय भरत र ८ वर्षीय सूर्य रावत रहेको प्रहरीले जनाएको छ ।
बिहीबार राति करिब साढे २ वजे पावर हाउस भासिँएको बताइएको छ ।
हाउसका चौकीदार गोरक बहादुर रावतका श्रीमती र दुईवटा छोराको घटनास्थलमै मृत्यु भएको हो । शव पोष्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच