हुम्ला । एक महिना अघि निरन्तर वर्षा भएर अवरुद्ध भएको कर्णाली कोरिडोरको हुम्ला सडक खण्ड सञ्चालनमा आएको छ । अवरुद्ध भएको कोरिडोरको हुम्ला खण्डका विभिन्न स्थानमा सवारी चालक आफैले मर्मत गर्दै खार्पुनाथ गाउँपालिकाको खार्पुदोभानमा पुगेका छन् ।
बाजुराको पिलुचौरदेखि यता अवरुद्ध भएका सडक सवारी चालक आफैले मर्मत गर्दै आएको बताएका छन् । नेपालगञ्जदेखि ३२ दिन लगाएर मालबाहक ट्रक खार्पु दोभानमा पुर्याएको सवारीचालक खुसिराम थारुले बताउनुभयो । अविरल वर्षाले विभिन्न ठाउँमा सडक अवरुद्ध हुँदा सवारी चालक र सहचालक मिलेर मर्मत गर्दै आइपुगेको खार्पु आइपुगेको थारुले बताउनुभयो ।
सलीसल्लासम्म अवरुद्ध भएका विभिन्न सडक खण्डमा आफुहरु सबै मिलेर ढुंगामुढा, माटो पन्छाउदै आएको सवारीचाकल थारुले बताउनुभयो । अवरुद्ध भएका कर्णाली कोरिडोर सडक सम्बन्धित निकाय सडक विभाग र यहाँका स्थानीय तहले कसैले चासो नदिएको उहाँको भनाई छ । यस्तै सलीसल्लादेखि खार्पुनाथ गाउँपालिकाको खार्पुदोभानसम्म पुग्न ११ दिन लागेको सवारी चालक थारुले बताउनुभयो । सलीसल्लादेखि खार्पु पुग्न विभिन्न ठाउँमा सकड अवरुद्ध भएको र त्यो मर्मत गर्दै आउँदा ठ्याक्कै ११ दिन लागेको उहाँले बताउनुभयो ।
यस्तै अर्का सवारी चालक टोपेन्द्र महतले अवरुद्ध भएको सडक २२ वटा सवारीका सवारी चालक र २२ जना खलासी मिलेर मर्मत गर्दै आएको बताउनुभयो । ठाउँ ठाउँमा अवरुद्ध भएको सडक खुलाउँदै जसोतासो खार्पुदोभानमा पुगेको सवारी चालक महतको भनाई थियो । जिल्लाको लेप्चे नजिक अवरुद्ध भएको एक ठाउँको सडक मात्रै नेपाली सेनाले खुलाइ दिएको अन्य सबै ठाउँमा अवरुद्ध भएका सडक आफुहरु मिलेर खुलाउँदै आएको बताउनुभयो । सम्बन्धित निकायले कुनै चासो नदिँदा विभिन्न ठाउँमा अवरुद्ध भएको सडक खुलाउन चालकहरुले सडक मर्मत आएका छन् ।
प्रति व्यक्ति रु दुई सय तिर्दै सडक मर्मत गर्ने चालकलाई तिर्दै समेत आएको उहाँले बताउनुभयो । अधिकांस ठाउँमा आफुहरुले खुलाउन नसकेको सकडमा ड्राइभरलाई प्रतिव्यक्ति रु दुई सय उठाएर तिर्दै आएको उहाँको भनाई छ । यस्तै गाडीको लागि तेल पनि बढी खर्च भएको छ । झण्डै दुई सय लिटरभन्दा बढी तेल खर्च भएको छ । आफुहरुले झण्डै रु १५ लाखसम्मको काम गर्दै आएको बताउनुभयो । त्यहीँ काम ठेकेदारले गरेको भए १५ लाखसम्म लाग्थ्यो होला तर हामीहरुले विभिन्न ठाउँमा सोही बजेट अनुसार काम गरेका छौं । पानी नपरे सडकमा सहजै यातायातका साधन सञ्चालन हुने भएका छन् । तर पानी परे पुन अवरुद्ध हुने अवस्था देखिएको सवारी चालक महतले जानकारी दिनुभयो ।
नेपालगञ्जदेखि खार्पु पुगेका २२ वटा मालबाहक ट्रकले विभिन्न दैनिक उपभोग्य वस्तुदेखि विकास निर्माणका सामान ढुवानी गरेर ल्याएका छन् । चामल, तेल, मैदा, चाउचाउ, विस्कुटलगायत खाद्य र दैनिक उपभोग्य वस्तु नेपालगञ्जदेखि ढुवानी गरेर ल्याएको सवारी चालकले बताए । यस्तै विकास निर्माणका सिमेन्ट, जस्तापाता, सरीया, ग्यासलगायत सामग्री पनि ढुवानी गरेर २२ वटा मालबाहक ट्रक बुधबार खार्पु पुगेका छन् । झण्डै एक महिनासम्म पैदलभएर सवारी साधन सञ्चालन नहुँदा सिमकोटमा ग्यास, मैदा, तेललगायतका सामग्रीको मूल्यमा वृद्धि भएको छ । २९ सयमा भर्ने ग्यास अहिले ३५ सयमा भर्नुपर्ने अवस्था रहेको छ । अव बाटो खुलेर मालबाहक ट्रक पुगेसँगै सामग्रीको मूल्य पनि सस्तिने भएको छ ।
राष्ट्रिय सडक सञ्जालसँग खार्पुनाथ गाउँपालिकाको खार्पुदोभान जोडिएको छ । त्यहाँसम्म नेपालगञ्ज र सुर्खेतदेखी विभिन्न मालबाहक ट्रक र यात्रु बोकेका गाडी सञ्चालन हुँदै आएका छन् । खार्पुदोभानमा बेलि ब्रिज पुल निर्माण नहुँदा त्यहाँदेखि झोलुङ्गे पुलमा मानिसले बोकेर कर्णाली तार्ने गर्दछन् । सोही स्थानमा पुल नबन्दा अझै सिमकोट राष्ट्रिय सडक सञ्जालसँग जोडिन सकेको छैन् ।
केही दिन पहिला परेको अविरल वर्षाले यस क्षेत्रको सडक अवरुद्ध भएको थियो । अवरुद्ध भएका विभिन्न स्थानका सडक खुलाउन सम्बन्धि निकाय सडक विभाग र हिल्सा सिमकोट आयोजना कार्यालयले बेवास्ता गरेको देखिन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच