रियलमी नार्जाे एन ५३ नयाँ भेरियन्टमा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । स्मार्टफोन ब्राण्ड रियलमीको रियलमी नार्जाे एन ५३ आठ प्लस १२८ जिबीको स्टोरेज भेरियन्टमा नेपाली बजारमा आएको छ । जसको मूल्य १७ हजार नौ सय ९९ रुपैयाँमात्रै रहेको कम्पनीले जनाएको छ । ५० मेगापिक्सलको (एआई) मुख्य क्यामेरा रहेको नार्जाे एन ५३ मा सेल्फीका लागि आठ मेगापिक्सलको एआई क्यामेरा रहेको छ ।

३३ वाटको फास्ट चार्जिङ रहेकाले ३१ मिनेटमा ५० प्रतिशत चार्ज हुने कम्पनीको दाबी छ । ७.४९ एमएम मोटाइ भएको नार्जाे एन ५३ लाई कम्पनीले सबैभन्दा पातलो फोनमध्येको एक रहेको जनाएको छ । लम्बाइ १६७.३ एमएम, चौडाइ ७६.७ एमएम र तौल १८२ ग्राम रहेको छ ।

युनिसक टाइगर टी ६१२ चिपसेट रहेको नार्जाे एन ५३ मा ९० हर्जको रिफ्रेस रेटसहित ६.७४ इञ्चको आइपिएस एलसिडी डिस्प्ले रहेको भने चिपसेटमा १२ एनएम प्रोसेस नोड र १.८ गिजा हर्ज पावरसहित ग्राफिक्सका लागि मालीजी–५७ जिपियू रहेको कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?