काठमाडौं । नेपालगन्ज–१७ की निर्मला कुर्मी हत्याका मुख्य आरोपित मानिएका बादशाह कुर्मीलाई लुम्बिनी प्रदेशको मन्त्री बनाइएको भन्दै महिला सुरक्षा दबाव समूहले विरोध जनाएको छ ।
दबाब समूहले भर्चुअल माध्यमबाट साउन २१ गते सोमवार सरोकारवालाहरुसँग परामर्श बैठक गरेको थियो ।
संस्थाका अध्यक्ष कल्याणी शाहको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण उपाध्यक्ष इरादा गौतमले गर्नु भएको थियो । यस परामर्स बैठकमा बिभिन्न संघ संस्थाका व्यक्तिहरु करिब ५० जनाको सहभागितामा रहेको थियो ।
भर्चुअल बैठकमा महिला सुरक्षा दबाव समूहको आयोजनामा आगामी दिनमा सवै संघ संस्था, व्यक्ति एक जुट भएर हत्याका आरोपीलाई मन्त्री बनाउने कार्यको बिरोधमा के कस्ता आन्दोलका कार्यक्रमहरु गर्ने भन्ने बारेमा आएका सुझावहरु संकलन गरिएको अध्यक्ष शाहले जानकारी दिनुभयो ।
बैठकमा संकलित सुझावहरु
१. लुम्बिनी प्रदेशमा पैरवी गरी आन्दोलन गरिरहने ।
२ .विगतका आन्दोलनको अनुसरण गर्दै यस मुद्दालाई निरन्तरता दिनुपर्छ अनिमात्र देशका महिलाहरुले न्यायको अनुभुति गर्ने छन् ।
३. सरकारमा गएको अवस्थामा पार्टीको बिधान बिपरित निर्णय गरिनु हुदैन भनि खबरदारी गर्ने ।
४. सरकारको पार्टीका अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइनुका साथै प्रतिपक्ष पार्टीहरुका अध्यक्षलाई पनि ध्यानाकर्षण पत्र बुझाइने छ ।
५. प्रधान मन्त्री समक्ष समेत ध्यानाकर्षण पत्र लिएर जानका लागि सबैको ऐक्यबद्धता रहने छ ।
६.सवै युवा कार्यकर्ताहरुलाई एकै स्थानमा ल्याएर बिरोधका कार्यक्रममा सहभागी गराउने
७. देशभरबाट एकैपटक बिरोधका कार्यक्रमहरु गर्नुपर्ने ।
८.पत्रकारहरुलाई समेत एकबद्ध गर्दै यस विषयमा सरकार बिरोधी समाचार सम्प्रेषण गरिनु पर्दछ ।
कांग्रेसको तर्फबाट मन्त्री बन्नुभएका बादशाह कुर्मीमाथि बाँकेको नेपालगन्ज–१७ की निर्मलादेवी कुर्मीको अपहरण र बेपत्ता पार्ने कार्यमा संलग्न रहेको आरोप छ । बादशाहसहितको संलग्नतामा २०७५ सालमा निर्मलालाई अपहरण गरी बेपत्ता पारिएको उनको परिवारको आरोप छ।
कुर्मीलाई एकल महिलाको अपहरण र बेपत्ता पारेको आरोप नटुङ्ग्याई प्रदेश मन्त्री बनाइएको छ।
श्रीमान् र छोराको मृत्युपछि निर्मलादेवी एकल महिलाको रूपमा बस्दै आएकी थिइन्। यही क्रममा घरजग्गा सुरक्षित राखिदिन्छु भन्दै बादशाह कुर्मीले लालपुर्जा र निर्मलाको नागरिकता लिएकै बेला उनी पनि बेपत्ता भएकी थिइन्।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच