जुम्ला । जुम्लाका आठवटा स्थानीय तहका करिब सात सय ९६ जनाले जन्म र मृत्युको बेला दिईने २० किलो चामलबाट लाभान्वित भएका छन् । गत आर्थिक २०८०/८१ को असारसम्म सोना मन्सुली चामलतर्फ जन्ममा सेवा लिनेको संख्या तीन सय ३४ र मुत्युमा सेवा लिनेको संख्या ३२ जना रहेकाछन् ।
त्यस्तै अरुवा मध्यम चामलतर्फ जन्ममा ८७,मुत्युमा १५ जना,अरुवा मध्यम चामल जन्ममा १३५ ,मुत्युमा ७ जना, त्यस्तै अरुवा मध्यम चामल जन्ममा ९९, मुत्युमा १ जना,अरुवा मोटा चामल जन्ममा ४८,मुत्युमा २ जना र अरुवा मकावनपुर चामलतर्फ जन्ममा ३०,मुत्युमा ५ जना गरी जन्ममा सेवा लिनेको संख्या सात सय ३३ र मृत्युमा सेवा लिनेको संख्या ६३ गरि जम्मा सात सय ९६ जनाले उक्त अनुदानको चामल लिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय जुम्लाका सुचना अधिकारी लक्ष्मण शर्माले जानकारी दिनुभयो ।
कम्पनीबाट जन्म र मृत्युतर्फ चामलको जम्मा परिमाण एकसय ५९ क्विन्टल वितरण गरिएको छ । सुचना अधिकारी शर्माले भन्नुभयो,“सो अनुदानको चामलमा ९ लाख ५९ हजार ९८० रुपैयाँ खर्च भएको छ । ज्यालातर्फ खर्च ३ लाख ८८ हजार पाँच सय गरी जम्मा १३ लाख ४८ हजार ४८० रकम खर्च भएको सुचना अधिकारी शर्माको भनाइ छ । ”
साविकको कर्णाली अंञ्चलका पाँच जिल्लाका स्थानीयवासीलाई सरकारले जन्म र मृत्युको बेला उक्त परिमाणको चामल दिने निर्णय गरेको थियो । हरेक घरमा जन्म र मृत्युको बेला ढुवानी रकमसहित प्रदान गरिने २० केजी चामलले केही राहतको महसुस भएको यहाँका स्थानीयवासि बताउँछन् ।
सरकारले निर्णय गरेको यो सुविधा लिनका लागि खाद्य कम्पनी जुम्लाले ३५ दिनको अवधि राखेर जन्मको हकमा बच्चा जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपि, वडाको सिफारिस र मृत्यु हुनेको हकमा मृत्युदर्ता, वडाको सिफारिस र सेवा लिन आउने सेवाग्रहीको नागरिकताको प्रतिलिपिका आधारमा चामल र ढुवानी रकम प्रदान गर्दै आएको छ । उक्त कार्यक्रम अन्तर्गत पातारासी, गुठिचौर र तातोपानी गाउँपालिकाभित्रका बासिन्दालाई २० किलो चामल र पाँच सय रुपैया ज्याला उपलब्ध गराउने गरेको छ । त्यसैगरी हिमा, सिंजा,तिला र कनकासुन्दरी गाउँपालिकाभित्र बासिन्दालाई २० किलो चामल र एक हजार यातायात खर्चस्वरुप उपलब्ध गर्दै आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय जुम्लाका प्रमुख सन्तोष तिवारीले बताउनुभयो ।
२० किलो चामल उपलब्ध हुँदा गरीब घरका मृतकका परिवारलाई केही हदसम्म भए पनि राहत भएको र जन्ममा सुत्केरी महिलाको खाद्य सुरक्षामा सहयोग पुगेको तिला गाउँपालिका-१ का स्थानीयवासि सुनीता रावतको भनाइ छ । विसं २०७३ भदौमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले व्यवस्थापिका संसद् ४८ बुँदे कार्यक्रम प्रस्तुत गर्दै बुँदा नं २७ मा कर्णाली क्षेत्रमा जन्म र मरणमा प्रतिपरिवार निःशुल्क २० किलो चामल दिने घोषणा गर्नुभएको थियो ।
जन्म र मरणमा निःशुल्क २० किलो चामलसहित ज्याला लिनेको संख्या बढेपछि उक्त कार्यक्रम प्रभावकारी बन्दै गएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जुम्लाले जनाएको छ ।
चौधौं सय क्विन्टल चामल मौज्दात
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जुम्ला शाखामा अहिले जम्मा एक हजार चासय क्विन्टल चामल मौन्दात रहेको छ । गएको आर्थिक वर्षमा जिल्लामा ९ हजार क्विन्टल चामलको कोटा रहेको थियो । अहिले चामल कम्पनीको गोदाममा अपुग रहेको छ । भदौ दोस्रो सातासम्म चामल पुग्ने भएकोले सहज तरिकाले वितरण गरिने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जुम्लाका सुचना अधिकारी शर्माले बताउनुभयो ।
जिल्लाको सिंजा क्षेत्रमा पर्ने धाँपा र तिला गाउँपालिकाको जुम्लाकोट डिपोबाट समेत चामल वितरणहुने गरेको छ । अहिले कोटा निर्धारण नहुदाँ डिपोबाट चामल बिक्रि वितरण बन्द भएको छ । कम्पनीले यहाँका तीन विक्रि केन्द्र हिमा गाउँपालिकाको बाजागाँडा,पातारासीको लुम्म र दानसाँघुबाट समेत चामल वितरण हुने गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जुम्लाले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच