बर्दिया । बर्दियामा सर्पको टोकाईबाट २ जनाको मृत्यु भएको छ भने अन्य १ जना घाइते भएका छन् ।
बर्दियाको गुलरिया नगरपालिका १ निवासी विष्णु चौधरीका ९ महिनाको छोरा मायरा चौधरीलाई विहिवार विहान ४ बजेतिर आमासंग सुतिरहेको बेला पहिचान नखुलेको सर्पको टोकाइबाट गम्भिर घाइते भई उपचारको क्रममा बिहान ७ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी तुल्सिराम अर्यालले जानकारी दिनु भयो ।
साथै सोहि स्थानका मदन चौधरीकी छोरी ११ वर्षिय सोनिमा चौधरी आफनै घरमा सुतिरहेको बेला विहिवार बिहान घरमै ८ बजेतिर सर्पले टोेकेको र जिल्ला अस्पताल गुलरियामा उपचारको क्रममा विहान करिब ९ बजेतिर मृत्यु भएको उहाँले बताउनु भयो ।
यसै गरी मधुवन नगरपालिका २ ओराली बजार घर भै हाल गुलरिया नगरपालिका १ गाउ न १५ मामाको घरमा वस्दै आएकी ६ वर्षिया रिया चौधरीलाई सर्पले टोकेका कारण गम्भिर घाइते हुँदा थप उपचारको लागी नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच