बलात्कार गरेको आरोपमा धादिङमा एक प्रहरी जवान पक्राउ

प्रतिकात्मक तस्वीर

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 1 min

धादिङ । बलात्कार गरेको आरोपमा धादिङमा प्रहरीले एक प्रहरी जवानलाई पक्राउ गरेको छ ।

धादिङकी ३४ वर्षीया एक महिलालाई बलात्कार गरेको आरोपमा धादिङ प्रहरीले गुल्मीको इस्मा गाउँपालिका-२ निवासी ३२ वर्षीय फुर्सा बहादुर मुखियालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिनुभयो । पक्राउ परेका मुखियालाई जबरजस्ती करणीमा मुद्दा दर्ता गरिएको छ ।

मुखियाले २०८१ असार १० गते घरमै गएर बलात्कार गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालय धादिङमा साउन २१ गते उजुरी दिएकी थिईन् । पीडितको धादिङ अस्पतालमा साउन २१ गते स्वास्थ्य परिक्षण गरिएको प्रहरी नायव उपरीक्षक मिश्रले बताउनुभयो । घटनाको अनुसन्धानको लागि धादिङ अदालतले ७ दिनको म्याद दिएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?