विश्वकप छनौटमा नेपाल युएईसँग पराजित

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं। नेपाल २०२६ को विश्वकप छनोट अन्तर्गत आज युएईविरुद्धको खेलमा पराजित भएको छ । दुबईको अल मकटोउम स्टेडियममा सम्पन्न खेलमा युएईले नेपाललाई ४(० गोल अन्तरले पराजित गरेको हो ।

नेपालले पहिलो हाफमा ४ गोल खाएको थियो भने दोस्रो हाफ गोल रहित बराबरीमा सकिएको थियो । यसअघि नेपाल र युएईबीच सन् १९८४ मा खेल भएको थियो । १९८४ को अक्टोबर २९ मा भएको सो खेलमा नेपाल ११(० गोलले पराजित भएको थियो ।

विश्वकप छनौटमा नेपाल समुह एचमा रहेको छ । जसमा नेपालसहित बहराइन, युएई र यमन रहेका छन् । अब नेपालले विश्वकप छनौट अन्तर्गत अर्को खेल नोभेम्बर २१ मा यमनविरुद्ध हुने छ । यो खेल काठमाडौँस्थित दशरथ रंगशालामा हुने छ । न्युज कारखाना

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?