भारतले गरेको गलत प्रचार रोक्न स्थानीयको माग

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 3 mins

नवलपरासी । भगवान् गौतम बुद्धको अस्थिधातु रहेको रामग्राम स्तूपबारे भारतले गरिरहेको गलत प्रचार रोक्न स्थानीयवासीले माग गरेका छन् ।

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं.७ उजैनीस्थित रामग्राम स्तूपमा आज विहान पत्रकार सम्मेलन गर्दै स्थानीयवासीले भारतसँग कुटनीतिक पहल गरि नक्कली रामग्रामको प्रचार रोक्न नेपाल सरकारको ध्यानाकर्षण गराएका हुन् ।

रामग्राम स्तूप संरक्षण तथा पर्यटन विकास संस्था उजैनीका अध्यक्ष शम्भु उपाध्यायले नवलपरासीमा रहेको स्तूप नै रामग्राम स्तूप प्रमाणित भईसकेको अवस्थामा भारतले गलत प्रचार गरेको बताउनुभयो । भारत उत्तर प्रदेशको महाराजगञ्ज जिल्लाको जिल्ला प्रशासन कार्यालयको आधिकारिक वैभसाईटमा रामग्राम स्तूप सोही जिल्लाको सोहगीबरवा जंगलमा रहेको उल्लेख छ । नेपाल सरकारले तत्काल खण्डन गरि भारतको उक्त कार्य रोक्नुपर्ने अध्यक्ष उपाध्यायले बताउनुभयो ।

“चिनिया नागरिक ह्वेनसाङ र फाईयानको यात्रा वृत्तान्तमा कोलिय गणराज्यको राजधानी देवदह, रामग्राम देखि पूर्व र दक्षिण दिशामा ८ माईलको दुरीमा रहेको भगवान् गौतम बुद्धको अस्थिधातु रहेको स्थल नै रामग्राम स्तूप रहेको उल्लेख छ, डा. डब्लु ह्वेले पनि सन् १८९८ मा रामग्राम स्तूप पत्ता लगाएका थिए, त्यो स्तूप नवलपरासीको रामग्राम उजैनी गाउँमा छ,यसमा दुई मत नै छैन्,भारतको दुष्प्रचार रोक्नुपर्छ”, उहाँले भन्नुभयो ।

रामग्राम स्तूपको संरक्षण र विकासमा ध्यान दिन समेत स्थानीयले सरकारसँग माग गरेका छन् । यसअघि नागरिक समाज नवलपरासीले पनि प्रमुख जिल्ला अधिकारी र जिल्ला समन्वय प्रमुख मार्फत् नेपाल सरकारको ध्यानाकर्षण गराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?