काठमाडौं । पाराओलम्पिक स्वर्ण विजेता भारतीय खेलाडी प्रमोद भगतलाई विश्व ब्याडमिन्टन महासंघले १८ महिनाको प्रतिबन्ध लगाएको छ । टोकियो पारा ओलम्पिकमा स्वर्ण जित्नुभएका प्रमोदलाई पेरिसमा पनि उपाधि दावेदार मानिएको थियो । पेरिस पाराओलम्पिक अगस्ट २८ देखि सेप्टेम्बर १८ सम्म हुँदैछ ।
प्रतियोगिताअघि हुने डोपिङ परीक्षणमा उपस्थित नभएपछि प्रमोदमाथि प्रतिबन्ध लागेको हो । विश्व ब्याडमिन्टन महासंघले पटक–पटक बोलाउँदा पनि प्रमोद परीक्षणका लागि उपस्थित नभएको बताएको छ । प्रमोदले टोकियोमा एसएल-३ श्रेणीको पुरुष एकलमा स्वर्ण पदक जित्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच