भगवान शिव र साउने सोमबारको महिमा(कथासहित)

हिमालय टाइम्स
Read Time = 12 mins

काठमाडौं । साउन महिनालाई एक पवित्र महिनाको रुपमा मानिन्छ। साउन महिनालाई भगवान शिवको महिना पनि भन्ने गरिन्छ ।

यो महिनामा शिवको नै आराधना गरि ब्रत बस्ने गरिन्छ । यो महिनामा भगवान शिव स्वयम धर्तिमा आउने मान्यता राखिएको छ । त्यसैले यो महिनामा भगवान शिवलाई खुशि पार्न ब्रत बस्ने गरिन्छ । यो महिनामा भगवान शिवको पूजा आरधना गरी आफूले चाहेको बर माग्ने गरिन्छ । यो महिना भरी भगवान शिवको भक्ति गर्नेहरू र ब्रत बस्नेहरूलाई फलदायी हुन्छ ।

साउने सोमबारको दिनमा महिलाहरूले विशेषगरी हरियो रंगका वस्त्र, चुरा र मेहंदी लगाएर भगवान शिवको पूजा तथा आराधना गरी ब्रत बस्ने चलन रहँदै आएको छ । उक्त कार्य गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।

सोमबार काठमाडौंको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, भक्तपुरको दत्तात्रेय, काभ्रेको धनेश्वर, सिन्धुलीको कुशेश्वर, सिन्धुपाल्चोकको फटकेश्वर लगायत शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो लाग्ने गर्दछ ।

ज्योतिषशास्त्र अनुसार सोमबारको स्वामी भगवान् शिवलाई मानिएको छ। त्यसैले यो दिनको उनको आराधना गरिन्छ। पुराणमा पनि साउने सोमबारको महिमा उल्लेख छ। यो दिन आफू र परिवारको सुस्वास्थ्य, दीर्घायु एव विभिन्न कामना गर्दै व्रत बस्ने परम्परा छ।

शिवको अर्थ कल्याण भएकाले विधिपूर्वक आराधना गर्दा उनी खुशी हुन्छन् र मनोकामना पूर्ण हुन्छ भन्ने विश्वास गरिन्छ। यो वर्ष साउनको २ सहित ९, १६, २३ र ३० गते सोमबार परेको छ।​

यस पटकको साउन महिनामा पाँच वटा सोमबार परेको छ । साउन महिना पाँचवटा सोमबार पर्दा धेरै शुभ र पवित्र मानिने शास्त्रमा उल्लेख छ ।

सोमबारको व्रतमा यि कुरा खान सकिन्छ
सोमबार व्रत बस्दा आलू , दहि खान सकिन्छ । त्यस्तै वर्त समाप्त भएपछी खाना खान मन नभएको खण्डमा आँटाको रोटि बनाई आलूसँग खान सकिन्छ ।

व्रतको दिनमा फलफुल र फलफुलको जुस खान सकिन्छ । व्रत बस्दा निराहार बस्दा राम्रो भएपनि स्वास्थ्यमा समस्या हुनेले केहि चिजहरू भने खान सकिन्छ ।

व्रतको समयमा साबदाना शुद्ध दुध मिलाएर शुद्ध परिकारको रुपमा खान सकिन्छ । व्रत बस्दा शरीरलाई पानीको मात्रा अलि वढी पिउनुपर्छ । पानी खाँदा कागती पानी खानु राम्रो हुन्छ ।

व्रत बस्दा दुधमा बदाम भिजाएर पनि खान सकिन्छ । व्रतबस्दा चिल्लो–पिरो खानुहुदैन । त्यस्तै ब्रत बस्दा गर्भवती महिला नबसेको राम्रो हुन्छ । मुटु, कलेजो, फोक्सो , मृगौला, मधुमेह, उच्च रक्तचापका समस्या भएकाले ब्रत बस्न हुदैन ।

भगवान शिव को हुन् ?

भगवान शिव वैदिक देवता हुन्। शिवको अर्थ कल्याण हो। विधिपूर्वक आराधना गर्दा उनी खुशी हुन्छन् र मनोकामना पूर्ण गरिदिन्छन् भन्ने विश्वास गरिन्छ। शिवको उपासना गर्ने परम्परा वैदिक कालदेखि नै चलेको मानिन्छ।

वेदमा रुद्रको रूपमा शिवको उपासना गरिएको छ। शुक्ल यजुर्वेदको सोह्रौ अध्यायमा रुद्रका विभिन्न वर्णन गरिएको छ। सुख प्रदान गर्ने, पाप नाश गर्ने र भक्तलाई कल्याण गर्ने रूपमा शिवको उपासना गरिएको छ।

पौराणिक ग्रन्थहरूमा ब्रहृमालाई सृष्टि, विष्णुलाई रक्षा र शिवलाई संहारका देवता मानिएको छ। शिवलाई सम्पूर्ण देवताका पनि देवता अर्थात देवाधिदेव महादेव भनिएको छ ।

शिवको अर्थ कल्याण भएकाले विधिपूर्वक आराधना गर्दा उनी खुशी हुन्छन् र मनोकामना पूर्ण गरिदिन्छन् भन्ने विश्वास गरिन्छ। वेदमा रुद्रको रूपमा शिवको उपासना गरिएको छ। शुक्ल यजुर्वेदमा सुख प्रदान गर्ने, पाप नाश गर्ने र भक्तलाई कल्याण गर्ने देवताको रूपमा शिवको उपासना गरिएको छ।

साउनमा रुद्री

नेपाली समाजमा साउन महिनामा रुद्री लगाउने चलन छ । रुद्री भनेको शतरुद्रीय वैदिक मन्त्र पाठ गरी शिवलिङ्गमा अभिषेक गर्नु हो। विशेषगरी साउनको सोमबार पारेर तथा त्यस दिन नजुरे साउनकै अन्य कुनै दिन ब्राहृमणहरूद्वारा रुद्रीभिषेक गराइन्छ।

रुद्रीमा वैदिक मन्त्रोच्चारण सहित जलधाराले शिवको अभिषेक गरिन्छ। धर्म, अर्थ काम र मोक्ष यी चार कुराको इच्छा गर्नेहरूले रुद्री पाठद्वारा आशुतोष भगवान् रुऽलाई प्रसन्न पार्छन् । रुद्री प्रसन्न हुनाले सम्पूर्ण इच्छा पूर्ण हुन्छ भन्ने विश्वास गरिन्छ। भिन्नभिन्न वस्तुले अभिषेक गरी रुद्रीपाठ गर्नाले भिन्नभिन्न कामना पूर्ण हुन्छन् भन्ने विश्वास छ।

साउन महिना नै शिवलाई बढी प्रिय लाग्नुको कारण के हो भने यो महिनामा अधिक वर्षा हुन्छ जसले शिवको विषदग्ध तापयुक्त शरीरमा शीतलता प्रदान गर्छ । यो महिनामा प्रकृतिले नै रुद्रीभिषेक गर्छ। शिव पुराणअनुसार शिव स्वयं जल हुन् ।

भगवान् शिवले सनतकुमारहरूलाई साउन महिनाको महिमा बताउने क्रममा भनेका छन्- मेरा तीन आँखामध्ये दाहिने आँखा सूर्य, बायाँ आँखा चन्द्रमा तथा बीचको आँखा अग्नि हुन् ।

हाम्रा महिनाहरूको नाम नक्षत्रका आधारमा राखिएको छ । श्रवण नक्षत्रको स्वामी चन्द्रमा हुन् ।चन्द्रमा भगवान् शिवको मस्तकमा शोभायमान छन् । जब सूर्य मिथुनबाट कर्कट राशिमा प्रवेश गरेर साउन महिना सुरु हुन्छ तब सूर्य दक्षिणायन हुन्छन्, सूर्यको ताप कम तथा दिन छोटा हुन थाल्छन् । साथै सूर्यले ताप तथा चन्द्रमाले शीतलता प्रदान गर्छन्, यसकारण सूर्य कर्कट राशिमा आएपछि वर्षा हुन्छ र यसले शिवलाई प्रसन्न तुल्याउँछ ।

के हो बोलबम ?

बोलबम चार अक्षरको छोटो तर अद्भुत, धार्मिक र आध्यात्मिक मन्त्र हो। ‘बम’ ओमको अर्को रूप हो, जुन बीजरूप ओम अर्थात् ओंकार शिवको प्रतिक हो। त्यसैले पीडादायी यात्राको एउटै आधार भनेको ‘बोलबम’ हो ।

कुनै पवित्र नदीमा स्नान गरी शुद्ध भएर जल उठाई बोलबमको नारा लगाउँदै डाक बम र बोलबम बनेर पहेँलो वस्त्रधारी भक्तजनले खाली खुट्टा पैदल हिँडेर शिवालयमा जल अर्पण गर्ने कार्यलाई बोलबम भनिन्छ ।

साउन महिनाको हरेक सोमबारका दिन पशुपति क्षेत्र, बराहक्षेत्रमा यस्तो मेला विशेष हुन्छ। पशुपतिमा सुन्दरीजलबाट तथा पिण्डेश्वर शिवालयमा धार्मिक तीर्थस्थल चतरा कौशिकी तट सप्तकोशी नदीबाट जल उठाएर ल्याई अर्पण गर्ने चलन छ।

सोमबारको विशेष कथा

एक समयको कुरा हो । श्रावण महिना कै समय थियो । विभिन्न सन्त ऋषि एवम् धर्म गुरुहरु क्षिप्रा नदी किनारमा महाकाल शिवको अर्चना गर्दै स्नान गर्ने हेतुले जम्मा भएका थिए । सोहि ठाउँमा एक अभिमानी महिला तुच्छ विचारबाट प्रताडित भइ ऋषि मुनिहरूको धर्म भ्रष्ट गर्ने मनाशयले सोहि नदी किनारमा पुग्छिन् ।

यद्दपी नदी किनारमा पुग्नासाथ ऋषिमुनीहरूको जप(ध्यानको प्रभावका कारण उसको शरीरको मादकता एकाएक लुप्त हुन् पुग्छ । उसको कौमार्यको वासना उसको शरीरबाट हराउन पुग्छ। अक्समात आफ्नो सौन्दर्य हराएको देख्दा ऊ घोर आश्चर्यमा पर्छे। ऊ दयाभाव सहित आफ्नो शरीरको नियाल्छे । उसले आफू निकै घृणित र कुरूप पाउँछे ।

उसले आफ्नो शरीरलाई नियालीरहँदा उसलाई लाग्छ कि उसको दिमागमा बिस्तारै बिस्तारै परिवर्तन आउन् थालेको छ । उसको दुषित मन एकाएक सफा हुन् थालेको छ । उसलाई अहिलेसम्म आफूले गरेको कामप्रति घृणा जाग्छ । ऊ पश्चातापको आगोमा जल्न थाल्छे ।

ऋषि मुनीहरू यो सब देखिरहेका हुन्छन् । उक्त महिला ऋषिमुनीहरूको सामू पुगी- आफूलाई यस पापबाट मुक्त गराईदिन आग्रह गर्न थाल्छिन । उसको अनुनय विनय देखेर ऋषि मुनीहरूको मन फिर्छ । ऋषिमुनिहरूले एक विकल्प बताउँछन् । ‘यदि तिमि सोह्र सोमबार व्रत बस्छौं त तिम्रो सबै पाप पखालिन्छ । जुन सोह्र सिंगारको अभिमानले ओतप्रोत भएर अहिलेसम्म जुन-जुन साधु सन्तको धर्म भ्रष्ट गर्यौं । त्यसको एक मात्र विकल्प भनेको यै हो- तिमी सोह्र सोमबारको व्रत बस साथै भगवान शिवको नित्य पूजा गर।’

उक्त महिलाले ऋषिमुनीहरुले भने बमोजिम नै गर्न थाल्छिन् । आफ्नो पापको प्रयाश्चितको लागि उनी शिव लोक पुग्छिन। भगवान शिवको कृपाबाट उनको समस्त पाप पखालिन्छ । त्यसपश्चात आफ्नो आचरण शुद्धताको लागि उनी १६ सोमबारको पावन व्रत लिन थाल्छिन्।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?