काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले तीन वटा समिति गठन गरेको छ । महामन्त्री गगन थापाको नेतृत्वमा सदस्यता व्यवस्थापन समिति गठन गरिएको छ ।
अनुशासन समिति गठन गरिएको कांग्रेस प्रवक्ता प्रकाशशरण महतले बताउनु भयो । केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाको नेतृत्वमा अनुशासन समिति गठन भएको हो ।
केन्द्रीय सदस्य श्यामकुमार घिमिरेको नेतृत्वमा केन्द्रीय लेखा समिति गठन गर्ने निर्णय भएको प्रवक्ता महतको भनाइ छ ।
आज बसेको केन्द्रीय कार्यसमिति बैठकले ती समितिको नेतृत्व चयन गरेको हो । सदस्यहरू पछि थप गरिनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच