रुपन्देही । भनभने (गुल्मी) सम्पर्क समाज रुपन्देहीको छैठौं साधारण सभा तथा चौथो अधिबेशन सम्पन्न भएको छ।
महिलाहरुको चाड हरितालिकाको अबसर पारेर समाजले तिज मिलन तथा छैठौं साधारण सभा तथा चौथो अधिबेशन सम्पन्न गरेको हो।
अधिबेशन उद्घाटन गर्दे लुम्बिनी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले उद्घाटन गर्नु भयो । उदघाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथी समेत रहनुभएका मन्त्री पन्थीले गाउँबाट बिभिन्न पेसा ब्यवसाय गर्न सहरमा बस्नेले गाउँमा आफुले सिकेको सीप लगानी गरेर साना तथा मझौला उद्योग सञ्चालन गर्न सुझाब दिनुभयो।
हामीले आफनो जन्म भूमिप्रति माया गरेर त्यस ठाउँबाट पलाएन हुने जनशक्तिलाई गाउँमै रोजगारी दिएर बस्ने बाताबरण बनाउनु पर्ने बताउनु भयो । उहाँले परम्परागत शैलिमा सञ्चालन भएको हाम्रा संस्कृतिलाई पश्चिमेली संस्कृतितर्फ नढाल्न आग्रह गर्नुभयो। मन्त्री पन्थीले अधिबेशन भएको हुँदा सर्वसम्मत तरिकाले काम गर्न सक्नेलाई नेतृत्व हस्तान्तरण गर्नसमेत सुझाब दिनुभयो।
अधिवेशनमा मदाने गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर कुबरले आफनो जन्मथलोलाई उचाईमा पुर्याउन सम्पर्क समाजको महत्वपुर्ण भुमिका रहने बताउनु भयो। आफुहरु सम्पर्क समाजसँग सहकार्य गरेर विकास तथा अन्य काममा अघि बढ्ने उहाँले बताउनु भयो।
कार्यक्रममा मदाने गाउँपालिका उपाध्यक्ष सरिता खड्का वडा नं ७ का वडा अध्यक्ष सन्तोष केसी,नेपाल कर्मचारी युनियनका केन्द्रिय सदस्य नविन पन्थी सम्पर्क समाजका सल्लाहकार भोजबहादुर केसी गुल्मी मदाने सम्पर्क समाजका अध्यक्ष अर्जुन कुबँर लगायतले बोल्दै आफनो गाउँ समाजको बिकासका लागि सबै सधैँ हातेमालो गर्नुपर्ने बताउनु भयो ।
सम्पर्क समाजका अध्यक्ष लोकनाथ पन्थीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव भोजराज जिसीले गर्नु भएको भनभने रुपन्देही सम्पर्क समाजका सल्लाहकार बुद्धि पराजुलीले बताउनु भयो।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच