✍️ कपिल अर्याल
अहिले वैश्विक राजनीतिमा तीव्र रूपमा धुर्वीकरण विकसित भएको छ । रुस-युक्रेनबीचको युद्ध सिथिलीकरण हुन नपाउँदै मिडिल इष्टमा पनि प्रोक्सी वारका संकेत देखापरेका छन् । यसले शक्तिराष्ट्रहरूमा अलाइन र नन अलाइनको बहस सिर्जना गरेको छ । शक्तिकै होडबाजीमा साना अतिकम विकसित मुलक र विकासशील मुलक चपेटामा परेका छन् । विश्वमञ्चमा घटित घटनाक्रमले बहुधुर्वीय विश्वको भावी रणनीतिका साथै कूटनीतिलाई गम्भीरताका साथ प्रगेल्ने प्रयत्न गरिरहेको सहजै अनुभू्ति गर्न सकिन्छ । केही महिना अगाडि मिडल इष्टका तत्कालीन घटनाक्रमले मिडल इष्ट र अरेवियन क्षेत्रमा भएका विवाद र द्वन्द्वको चरमोत्कर्षलाई जिकिरमात्र गरेन मिडिल इष्ट द्वन्द्वको चक्रब्यूमा अल्झिरहेको छ भन्ने विषयलाई पुष्टिसमेत गरेको छ ।
भूमण्डलीकृत विश्वमा धुर्वीकरणको चरमोत्कर्षका बीच अतिकम विकसित मुलुक र किकासशील मुलकले सावधानी र धैयर्तापूर्वक आफ्ना आन्तरिक रणनीति तय गर्न जरुरी छ । द्वन्द्व समस्याको समाधान होइन शान्तिको मार्गमा स-साना मुलक हिँड्नका लागि ‘पिस एलाइन्स’को अवधारणामार्फत प्रशिक्षित हुन जरुरी छ ।
केही समयअगाडि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी युरोपको भ्रमणमा निस्किएको सर्वविदितै छ । उनले रुसी राष्ट्रपति भ्ल्यादिमिर पुटिनसँग भेटघाटमात्र गरेनन् रुसको प्रतिद्वन्द्वी युक्रेनका राष्ट्रपति जेलेन्सकीसँग भेटवार्तासमेत गरेका छन् । केही हिन्दुस्तानी अखबारमा यसलाई महत्वपूर्ण भेटघाटको रूपमा हेरिएको छ । भारतलाई भनिएको छ रुस र युक्रेनको युद्धलाई वार्ता तथा संवादका माध्यमबाट टुंगाउन प्रयासरत छ । उता अमेरिका आगामी नोभेम्बरमा हुने चुनावका लागि व्यस्त देखिन्छ । चुनावपश्चात् युरोपको द्वन्द्व खासगरी रुसको सवालमा अमेरिकाको भावी रणनीति कसरी प्रस्तुत हुन्छ भनेर असाधरण रूपले अन्य राष्ट्रहरू प्रतिक्षार्थ छन् ।
मिडल इष्टमा इरान र इजरायलबीचको प्रोक्सी वार पनि चलिरहेको देखिरहेका छौ । इब्राइम रइसीको विमान दुर्घटनाले एक प्रकारको कन्स्पिरेसी निर्माण गरिरहेको छ इरानीहरू इजरायलको हात रहेको दाबी गरिरहेका छन् । तात्कालीन घटनापश्चात् मुस्लिम नेता खुमेनीका उत्तराधिकारी भनिएका स्माइल हनियाको समेत हत्याले इरानीहरू इजरायली खुपिया एजेन्सी मोसादको भूमिका रहेको टिप्पणी गरिरहेका छन् । हुन त स्ट्रेट अफ हरमुजलाई लिएर बेलाबेलामा उनीहरूबीच मतभेद नभएको विल्कुलै होइन तथापि धार्मिक र भूमिसम्बन्धी विवाद नै उनीहरूको मूल विवाद हो । ईजरायल अस्तित्व को लडाइमा छ भने ईरानीहरू भूमिको को लडाइँमा छन् यसले एसिया र आसपासका क्षेत्रमा अर्को समस्या निम्त्याइरहेको छ । साउदी, यु.ए.ई, लेबनान, टर्कीलगायत स–साना देशका समस्या नै मध्यपूर्वको युद्धका सिढी हुन् भनेर बुझदा हुन्छ ।
श्रीलंका, अफ्गानिस्तान हुँदै बंगलादेशको तख्तापलटसम्मको आन्दोलनले एसियामा पनि द्वन्द्वका बिज विजारोपण भएको सहजै अनुमान गर्न सकिन्छ । इण्डोप्यासिफिक स्ट्रेटेजी, क्वाड, बि.आर.आई, एम.सी.सीलगायत संस्था वा परियोजनालाई पनि डिप्लोमेटिक वेष्टर्न बागचाल र इण्डो एसियन बागचालको रूपमा परिभाषा गर्ने गरिएको छ । यद्यपि यसका प्रभावले एसिया प्रशान्त क्षेत्रमा कस्ता दीर्घकालीन प्रभाव पार्छन् भन्ने अनुमान गर्न सकिएको छैन । खैर बहुधुर्वीय बहसको टक्र्वामा अविकसित र विकासशील मुलुक द्वन्द्वको प्रभावमा रहने कुरा विश्लेषण गर्नु अवान्क्षित हुने छैन ।
विश्वमा घटित घटनाले नेपालको बदलिँदो राजनीतिमाथि कस्तो दुस्प्रभाव निम्त्याउन सक्छ यसमाथि गम्भीर भई चिन्तन मनन् गर्न जरुर देखिन्छ । नेपालमा नवकिसिमका राननीतिक घटनाक्रम विकसित हुँदै गइरहेका छन् । सत्ताको रजगजभित्र लामो समयसम्म एउटै अनुहार भएका पात्रहरूको नेतृवविरुद्ध जनआवाज मुखरित हुँदै गएको छ ।
विश्वमा घटित यी आक्रान्त घटनाले नेपालको बदलिदो राजनीतिमाथि कस्तो दुस्प्रभाव निम्त्याउन सक्छ यसमाथि गम्भीर भई चिन्तनमनन् गर्न जरुरी देखिन्छ । नेपालमा नवकिसिमका राननीतिक घटनाक्रम विकसित हुँदै गइरहेका छन् । सत्ताको रजगजभित्र लामो समयसम्म एउटै अनुहार भएका पात्रहरूको नेतृवविरुद्ध जनआवाज मुखरित हुँदै गएको छ । भूराजनीतिक रूपमा अति संवेदनशील मानिएको हाम्रो देशमा आन्तरिक रूपमा नेतृत्वविरुद्ध जनआवाज मजबुत हुँदै जानु पक्कै गतिलो राजनीतिक चरित्र होइन । यसले द्ववंम विश्वमा जस्तै घटना नघटाउँला भन्न सकिँदैन । विशाल र सम्भ्रान्त दुई ठूला शक्तिहोड छिमेकी को बीचमा जुरमुराउँदै गरेको हाम्रो स्वतन्त्र परिचय माथि कुनै बेला पनि आन्दोलनको बिज विजारोपण गर्न सकिन्छ तसर्थ विभाजित भएर होइन संयमता र एकतामा एकजुट भएर वैश्विक प्रभावका विरुद्ध एकताबद्ध हुन सक्नुपर्दछ ।
अन्त्यमा भुमण्डलीकृत विश्वमा धुर्वीकरणको चरमोत्कर्षका बीच अतिकम विकसित मुलक र किकासशील मुलुकले सावधानी र धैयर्तापूर्वक आफ्ना आन्तरिक रणनीति तय गर्न जरुरी छ । द्वन्द्व समस्याको समाधान होइन शान्तिको मार्गमा स-साना मुलक हिँड्न ‘पिस एलाइन्स’को अवधारणामार्फत प्रशिक्षित हुन जरुरी छ । पिस एलाइन्सका पक्षधरहरू संयुक्त राष्ट्रसंघ होस् वा अन्तर्राष्ट्रिय फोरममा शान्तिको पक्षमा वकालत गर्न वा आवाज उठाउन जरुरी छ । सबाल हिन्दप्रशान्त क्षेत्रको मात्र होइन, अरवियन क्षेत्र, मिडल इष्ट, युरोप, अफ्रिका, ल्याटिन अमेरिकालगायत क्षेत्रमा देखिएका धार्मिक, क्षेत्रीय, भाषिक, भौगोलिक विवादलाई अन्तर्राष्ट्रिय कानुनी निकायबाट समाधान गरी आर्थिक सम्पन्नता, समानता र समुन्नतिका शान्ति मार्गमा डोहोर्याउन सकेमात्र संसारका मानवजातिको न्यायका लागि कल्याणकारी योगदान रहन सक्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच