काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थ मन्दिर परिसरमा तेस्रो मातातीर्थ गोल्डकप प्रतियोगिता हुने भएको छ । मातातीर्थ संरक्षण तथा विकास संस्थाको आयोजनामा आगामी असोज ७ गतेदेखि तेस्रो मातातीर्थ गोल्डकप प्रतियोगिता-२०८१ हुने भएको हो ।
संस्थाका अध्यक्ष शान्त उदासले प्रत्येक वर्ष झैँ यसवर्ष पनि मातातीर्थ चौरमा गोल्डकप फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिनुभयो । उहाँले प्रतियोगितामा काठमाडौं उपत्यकाका साथै धादिङ, मकवानपुर, नुवाकोट, काभ्रेपलाञ्चोकलगायत जिल्लाका खेलाडीको सहभागिता रहने बताउनुभयो ।
प्रतियोगितामा सहभागी हुने टीमले असोज ४ गतेसम्म गर्न सक्ने अध्यक्ष उदासले बताउनुभयो । प्रतियोगितामा प्रथम हुने टिमले रु चार लाख नगद, मेडल र प्रमाणपत्र, दोस्रो हुने टिमले रु दुई लाख पचास हजार नगद, मेडल र प्रमाणपत्र र तेस्रो हुने टिमले रु एक लाख पचास हजार नगद, मेडल र प्रमाणपत्र पाउनेछन् ।
विस २०७९ देखि सुरु गरिएको प्रतियोगितामा पहिलो वर्ष ३० र दोस्रो वर्ष २४ टिमको सहभागिता रहेको थियो । रासस
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच