काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको मुख्य लगानी रहेको कास्कीस्थित अन्नपूर्ण गाउँपालिकामा निर्माण हुने ८६.५९ मेगावार्टको लान्द्रुक मोदी जलविद्युत् आयोजनामा वित्तीय व्यवस्थापन सम्पन्न भएको छ । सिंगटी हाइड्रो इनर्जीको मुख्य लगानी रहेको लान्द्रुक मोदी जलविद्युत् आयोजनामा माछापुच्छ्रे बैंकको नेतृत्वमा छवटा बैंकले लगानी गर्ने गरी वित्तीय व्यवस्थापन भएको हो । आइतबार आयोजनाको प्रवर्धक कम्पनी अन्नपूर्ण विद्युत् विकास प्रालिका कार्यकारी अध्यक्ष बटु लामिछाने र माछापुच्छ्रे बैंकका विनितकुमार झाले लगानी सम्झौतामा हस्ताक्षर गर्नुभएको छ ।
१६ अर्ब ४० करोड लागत अनुमान गरिएको आयोजनामा बैंकहरूले ७५ प्रतिशत अर्थात् १२ अर्ब २० करोड लगानी गर्नेछन् भने बाँकी २५ प्रतिशत सिंगटी हाइड्रोसहित प्रवद्र्धक कम्पनी र अन्य प्रमोटर लगानीकर्ताले व्यवस्थापन गर्ने सिंगटी हाइड्रो इनर्जीले जनाएको छ । आयोजनामा ग्लोबल आइएमई, एभरेष्ट, एसबिआई, कृषि विकास र लुम्बिनी विकास बैंकसमेत सहभागी हुनेछन् । लान्द्रुक मोदी जलविद्युत् आयोजना कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिकामा पर्छ । जुन आयोजना विश्वकै तेस्रो हाई हेड प्रोजेक्ट र नेपालको पहिलो अर्थात् सबैभन्दा धेरै उचाइमा भएको आयोजना हो ।
उक्त आयोजनाको हेडवक्र्सदेखि विद्युत्गृहसम्मको वास्तविक उचाइ १४ सय १८ मिटर रहेको छ । नेपाली जलविद्युत् आयोजनामा उक्त लेभलको उचाइ सबैभन्दा धेरै हो । नेपाल विद्युत् प्राधिकरणसँग यसअघि नै विद्युत् खरिद सम्झौता(पिपिए) भइसकेको आयोजनामा आगामी कात्तिकबाट भौतिक निर्माणको काम सुरु हुने प्रवद्र्धक कम्पनीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच