नेपालगञ्ज । नेपालगञ्ज १० किमि नाइट रनको उपाधि नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका मुकेश पाल र बाँके नरैनापुरकी गीता साहुले जित्नुभएको छ । संविधान दिवसका अवसरमा बिहीबार राति नेपालगञ्जमा भएको रात्रि दौडमा पालले ३१.०७.२१ मिनेटमा दश किलोमिटर दौड पूरा गर्दै च्याम्पियन बन्नुभएको हो । यसमा सशस्त्र प्रहरी बलको नेपाल एपीएफ क्लबका सन्तोष विक्रम विष्ट दोस्रो र किरणसिंह बोगटी तृतीय हुनुभयो । सन्तोषले ३२.४८.४४ मिनेटमा निर्धारित दूरी पूरा गर्दा किरणले ३२.५४.६३ मिनेटमा दौड पूरा गरि तृतीय हुनुभएको होे ।
नेपालगञ्ज म्याराथनको दशौं संस्करण विशेष बनाउन दशैंमा दस इभेन्टअन्तर्गत पहिलो कार्यक्रमका रुपमा भएको दश किलोमिटर रात्रि दौडमा महिला खुलातर्फ बाँके नरैनापुरकी गीताकुमारी साहु पहिलो हुन सफल हुनुभयो । उहाँले ५९.१६.५२ मिनेटमा दूरी पूरा गर्दा कोहलपुरकी स्वस्तिका शाहीले ५१.०६.३७ मिनेटमा दूरी पूरा गरि दोस्रो हुनुभएको थियो । सलिना थारू एक घण्टा ६ मिनेट ४८ सेकेण्डमा फिनिसिङ लाइन छुँदै तृतीय स्थान हासिल गर्नुभयो ।
पुरुष तथा महिला खुलातर्फका शीर्ष तीनजनाले क्रमशः नगद २५ हजार, १५ हजार र १० हजार रुपैयाँका साथै पदक र प्रमाणपत्र प्राप्त गर्नुभएको छ ।
भेट्रान पुरुषतर्फ रैवत दाहाल ३८.०८.७१ मिनेटमा दूरी पूरा गर्दै प्रथम, बाँके खजुराका भरत श्रेष्ठ ४८.५६.२३ मिनेटमा लिंदै दोस्रो तथा महेन्द्र बज्राचार्य ४९.१९.२५ मिनेट लिँदै तेस्रो हुनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच