ग्यास बुलेटको ठक्करबाट हेटौंडामा एकजना मृत्यु

मन्जिता मैनाली मकवानपुर, संवाददाता
Read Time = 1 min

हेटौंडा । शुक्रबार साँझ पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा-१ स्थित गोरक्षश्वर मन्दिर नजिक ग्यास बुलेटले साइकल यात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

हेटौंंडाबाट थानाभर्‍याङतर्फ जाँदै गरेको साइकललाई एन एल ०१ एल ९०२६ नम्बरको ग्याँस बुलेटले ठक्कर दिँदा हेटौंडा-११ थानाभर्‍याङ बस्ने ६० वर्षीय रमेश पाण्डेको मृत्यु भएको हो ।

ग्यास बुलेटको ठक्करबाट घाइते पाण्डेलाई उपचारको लागि हेटौंडा अस्पतालमा लगिएकोमा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ग्यास बुलेट चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने मृतकको शव हेटौंडा अस्पतालमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?