काठमाडौं । चलचित्र ‘मिसिङ : केटी हराएको सूचना’को पहिलो गीत सार्वजनिक भएको छ । ‘हेर्दै जाउँ..’सार्वजनिक भएको छ । निर्माणपक्षले आइतबार म्युजिक नेपालको युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरेको हो । गीतमा रोहित जोन क्षेत्री र शितुसित बस्नेतको स्वर दीपेन्द्र गौचनको शब्द तथा संगीत छ ।
यो चलचित्र आगामी कात्तिक ३० गतेदेखि सिनेमाघरमा आउने तयारीमा छ । चलचित्रको संवादरहित टिजर यसअघि नै सार्वजनिक भइसकेको छ । टिजरले अभिनेता नाजिर र अभिनेत्री सृष्टिबीचको प्रेमलाई दर्शाएको थियो । गीतले पनि यी दुईको प्रेमलाई देखाएको छ ।
यो चलचित्रको निर्देशन करिब ३२ वर्षअघिको डकु–ड्रामा ‘उजेली’का निर्देशक दीपेन्द्र गौचनले गर्नुभएको हो । निर्देशक गौचन स्वयंको स्क्रिप्ट लेखन रहेको चलचित्रमा अमर महर्जनको छायांकन छ । गौचन स्वयं निर्माता रहेको चलचित्रमा नाजिर र सृष्टिसँगै सञ्जय गुप्ता, राम नारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, ललिता देवी मिश्रलगायतको अभिनय छ । चलचित्रको कार्यकारी निर्मातामा नकिम उद्दिन रहनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच