धादिङ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिकाको वडा नम्बर-२ स्थित परेवा भिरमा खसेको सुख्खा पहिरोका कारण अवरुद्ध भएको पृथ्वी राजमार्ग करिब पाँच घण्टापछि एकातर्फ खुलेको छ ।
इलाका प्रहरी कार्यालय गजुरीसहितको टोलीले गजुरी गाउँपालिकाको जेसिभी डोजरको सहयोगमा पाँच घण्टा पछि सडक एकातर्फ खुलाउन सफल भएको हो । पहिरोका कारण हिजो साँझ साढे सात बजे सुख्खा पहिरो खस्दा उक्त सडक अवरुद्ध भएको थियो ।
सडक अबरुद्ध हुँदा राजधानीबाट बाहिरिएका र राजधानी प्रवेशका लागि आएका सयौँ सवारीका साधनहरू बीच बाटो मै रोकिएका थिए ।
पर्व नजिकिँदै गर्दा राजमार्गमा सवारी चाप बढेको छ तर बिग्रिएको सडकमा यात्रा गर्न निकै जोखिम भएकोले थप समस्या आएको छ । सडक आज दिनभरिमा दुबैतर्फ सञ्चालनमा ल्याइसक्ने प्रहरीको अनुमान छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच