काटमाडौं । मेची महाकाली राष्ट्रिय उद्धार यात्राको छैटौँ दिन शनिबार ११ सडक आश्रित मानवको उद्धार गरिएको छ । ‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने भावनासहित मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेसनको संयुक्त आयोजनामा सुरु भएको मेची-महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत शनिबार लहान नगरपालिका १ बाट दुईजना, वडा ३ बाट तीनजना, गोलबजार नगरपालिका ६ बाट दुईजना र मिर्चैया नगरपालिका ७ बाट एकजना, सिरहाबाट आठजना र धनुषा जिल्लाको जनकपुरधाम नगरपालिकाबाट १ बाट दुईजनाको उद्धार भएको मानव सेवा आश्रमले जनाएको छ ।
मेचीनगरदेखि सुरु भएको यात्रा शनिबार जनकपुरधामसम्म आइपुग्दा ६८ जना सडक आश्रित मानवको उद्धार गरिएको मानव सेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले बताउनुभएको छ । उहाँका अनुसार उद्धार हुने आठजना पुरुष र तीनजना महिलालाई सोही दिन मानव सेवा आश्रम जनकपुरधाम सेवा केन्द्रमा गृहप्रवेशका लागि लगिएको छ । उद्धार टोली आइतबार जनकपुरधाम, महेन्द्रनगर, ढल्केबर, बर्दिबास हुँदै गौशालामा सहभोज गरी सर्लाहीका विभिन्न सडकपेटी तथा सार्वजनिक स्थलमा बेवारिसे अवस्थामा रहेका मानवहरूको उद्धार तथा सेवामा रहने कार्यक्रम रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच