काठमाडाैं । धर्मशास्त्र अनुसार कतिपय कुरा यस्ता हुन्छन् जुन कुरा तपाईंले झुक्किएर पनि अरु सँग सेयर गर्न हुँदैन । आफ्नो जिवनमा घटेकता तथा आफूले गरिरहेका कुनैपनि कुरा आफ्नो साथीभाइ तथा आफन्तलाई सेयर गर्नु कुनै आश्चर्य होइन ।
के हुन् त ति गोप्य राख्नुपर्ने कुराहरु:
मन्त्र : यदि तपाईंलाई कुनैपनि गुरुले मन्त्र दिनुभएको छ भने त्यो मन्त्रलाई पनि गोप्य राख्नुस् । धर्मशास्त्र अनुसार गुरुले दिएको मन्त्र अरुलाई सुनाउँदै हिड्नु भयो भने त्यो मन्त्रले काम गर्दैन ।
दान : धर्मशास्त्र अनुसार तपाईंले दान कसलाई र कति दिनुभएको छ भन्ने कुरा अरु कसैलाइ पनि भन्नु हुँदैन । तपाईंले फलानोलाई यति दान गरेँ भन्दै हिड्नु भयो भने त्यो दानको फल प्राप्त हुदैन
घर परिवारको झगडा : तपाईंको परिवारमा पनि कहिलेकाहीं घर झगडा पर्न सक्छ । यो सामान्य कुरा हो । तर यो कुरा ख्याल राख्नुस् कि आफ्नो घरभित्र भएको झगडा अरु कसैलाई सुनाउनु हुँदैन । यदि सुनाउनु भयो भने अरुले तपाईंको कमजोरी थाहा पाएर त्यसैमा खेल्न सक्छन् ।
यौन सम्बन्ध : तपाईंले कसैसँग यौन सम्बन्ध राखेको कुरा पनि सँधै गोप्य राख्नुस् । यो कुरा अरुलाइ भनेर मजा लिनु राम्रो हुँदैन । यसले नकरात्मक असर पार्न सक्छ ।
अपमान : तपाईं कहिं कतै जानु भयो र कसैबाट अपमानित हुनु भयो भने त्यो कुरा पनि गोप्य नै राख्नुस् । किनकी त्यही कुरालाई लिएर अरुले पनि तपाईलाई पटक–पटक खिल्ली उडाउने, होच्याउने काम गर्न सक्छन् ।
धन हानी : कहिं कुनै कारणले तपाईंको धन हानी भयो भने पनि त्यस्तो कुरा गोप्य राख्नुस् । यस्ता कुराहरु अरुसँग सुनाएर पनि तपाईको धन फर्किने होइन । यसबाट तपाईंको मजाक उडाउने बाहेक अरु केही हुँदैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच