काठमाडौं । मेनुका पौडेलको स्वरमा रहेको गीत ‘तेजस्वी अप्सरा’ सार्वजनिक भएको छ । मनोज खड्काको शब्द, कल्याण सिंहको संगीत, दिक्षित पौडेलको एरेञ्ज तथा लुमन स्थापितको रेकर्डिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । गीतको भिडियो डिजाइन र सम्पादन सञ्जितकुमार घिसिङले गर्नुभएको छ ।
गीतकार खड्काले दिवंगत आमा अप्सराको वार्षिकीको छेको पारेर आमाकै सम्झनामा गीत तयार पार्नुभएको हो । गीतको भिडियो लिरिकल शैलीमा तयार पारिएको छ । भिडियोमा गायिका मेनुका, गीतकार मनोज, संगीतकार कल्याणलाई समेटिएको छ ।
नेपाल सांगीतिक संघ र गीतकार संघ नेपालले हालै राजधानीमा आयोजना गरेको कार्यक्रममा गीतकार तथा साहित्यकार कालीप्रसाद रिजालले गीत सार्वजनिक गर्नुभएको थियो । गीतकार रिजालले खड्काको गीति लेखनको प्रशंसा गर्दै थप सिर्जनाको अपेक्षा गरेको बताउनुभयो । संगीतकार शम्भुजित बास्कोटाले ‘तेजस्वी अप्सरा’ शब्द, संगीत र स्वरको संगमले सिंगारिएको गीत रहेको जिकिर गर्नुभयो भने गीतकार एसपी कोइरालाले यो गीतले साहित्य, समाज र संस्कृतिलाई जोडेको उल्लेख गर्नुभयो । भारतमा रहनुभएकी गायिका मेनुकाले अडियो सन्देश पठाउँदै एउटा राम्रो शब्दमा स्वर दिन पाएकोमा खुशी व्यक्त गर्नुभयो ।
गीतकार खड्काले आत्मीय व्यक्ति गुमाउँदाको पीडाको भावलाई समेटेर ‘तेजस्वी अप्सरा’ लेखिएको सुनाउनुभयो । ‘यो गीत मेरा लागि शब्द र मेलोडीमात्र भन्दा पनि पिस अफ हार्ट हो । आमा गुमाउँदाको पीडालाई गीतमा उतार्न प्रयास गरेको छु । आफ्ना आत्मीयजन् गुमाएका श्रोता दर्शकले यो गीतको थप गहिराई महसुस गर्न सक्नुहुन्छ’, उहाँले भन्नुभयो । गीतकार खड्का हाल अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग युएसएडको मुख्यालय वासिंटन डीसीमा कार्यरत हुनुहुन्छ । उहाँका एकदर्जनको हाराहारीमा गीत श्रोता/दर्शकमाझ आएका छन् ।
कृतज्ञतासहित शुभकामना
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच