साहित्यकार पदम दाहालको वेथिति कविता पढ्दा

हिमालय टाइम्स
Read Time = 14 mins

✍️ चूडाप्रसाद चौलागाईं

विभिन्न प्राज्ञिकहरूले आ-आफ्नो मन परेको साहित्यको विधा समातेर देश, राष्ट्र, समाज, व्यक्ति आदिको उत्तरउत्तर प्रगतिको कामना गर्दै अन्तर्मनबाट फुटेको पानीको धारा जत्तिकै भावनाको धारामार्फत समाज अगाडि सम्प्रेषण गर्न खोजिएको हुन्छ । कसैले गद्यात्मक विधाबाट त कसैले पद्यात्मकताको दौडमा विचार मन्थन गरेका कुराहरू कापीको पानामा छरेर विस्तारै पुस्तको रूपमा प्रस्तुत गरेका हुन्छन् । यस्ता प्रतिभाशाली साहित्यिक विधाको पारखीहरू थुप्रै छन् । जसमध्ये विशेषतः विभिन्न छन्दमा कलम चलाउन सक्ने कविको रूपमा पदम दाहाल पनि एक हुनुहुन्छ ।

त्यस्तै उत्तर आधुनिक कालको बृहत् लेखन कलाको पैरवीको रूपमा फुल्दै अगाडि बढेको देखिन्छ । उहाँले साहित्य रुचाएको हो वा साहित्यले उहाँलाई रुचाएको हो त्यो पाठकहरूले बुबने कुरा हो । मलाई लाग्छ, पदम दाहाल मौरीको रानु जस्तै हो, कर्मी मौरीले चाका भरेको रसलाई सुरक्षा गर्दै मानवजीवनको भलाइका लागि जिब्रामा पुर्‍याए झैँ, साहित्यका रसलाई प्रत्येक पाठकको जिब्रामा रसस्वादन गराउने व्यक्तित्व हो ।

साहित्यकार पदम दाहालका काव्यकृतिहरू थुप्रै प्रकाशित भएका छन् जस्तैः बादका तरेलीहरू, आँसुको दह, एक अर्काको दृष्टि, दुई व्यक्तिको कृति । जीवनयात्रा सस्मरण, ‘श्वेताम्बरी’ कवितासङ्ग्रह आदि । कस्तो समुद्रमा राम्रा माछो पाइन्छ भन्ने कुरा माझीले जान्दछ । कस्तो कपडालाई कति राम्रोसँग तयार पार्न सकिन्छ भन्ने कुरा सुचिकारले जान्दछ । एउटा काठको टुक्रालाई कस्तो र कत्रो आकारको मूर्ति बनाउन कालीगढले जान्नसक्दछ । साहित्यभित्र के के हुन्छ ? सामाजलाई कसरी रूपान्तरण गर्नसक्दछ ?भन्ने कुरा सच्चा साहित्यकारले जान्दछ । धेरै साहित्यकारमध्ये पदम दाहाल पनि एक सफल साहित्यकार भएको पाठकहरूले ठान्दछन् यदि गहिरिएर अध्ययन गर्ने पाठक छ भने ।

दाहाल शैक्षिक क्षेत्रमा लागेर माध्यमिक विद्यालय तथा क्याम्पस स्तरका थुप्रै विद्यार्थी तथा शिक्षकहरू, थुप्रै सामाजिक परिवेशका विद्वानहरू, प्राज्ञिकहरूसँगको समेत सत्कर्मबाट राम्रो अनुभव बटुल्दै थुप्रै विद्यार्थीहरूलाई माझीको रूपमा रहेर ज्ञान र सीपको जँघार तार्दै सहित्यिक क्षेत्रमा लागिरहनु भएको छ ।

यहाँ मैले ‘बादलका तरेलीहरू’ नामक कवितासङ्ग्रह भित्रको ‘नैतिक वेथिति’ नामक कविता पढ्न पाएँ । यसले मेरो मन छोयो । जुन आजको यथार्थसँग मिल्दोजुल्दो छ । हुन पनि पदम दाहाल साहित्यिक क्षेत्रको रथिको रूपमा चिनिनु हुँदैछ । शैक्षिक क्षेत्रमा लागेर माध्यमिक विद्यालय तथा क्याम्पस स्तरका थुप्रै विद्यार्थी तथा शिक्षकहरू, थुप्रै सामाजिक परिवेशका विद्वानहरू, प्राज्ञिकहरूसँगको समेत सत्कर्मबाट राम्रो अनुभव बटुल्दै थुप्रै विद्यार्थीहरूलाई माझीको रूपमा रहेर ज्ञान र सीपको जँघार तार्दै सहित्यिक क्षेत्रमा लागिरहनु भएको छ ।

उहाँले समाजमा रहेका अनेक परिवेशको सूक्ष्म रूपले अध्यय नगर्दै मनोवैज्ञानिक पक्षको अध्ययन अनुसन्धान गर्नुभएको छ । त्यसैको आधारमा रहेर उहाँले उक्त प्रकाशनमार्फत राजनीतिमा देखिएको बेथिति र नैतिकतामा देखिएको बेथितिलाई समावेश गर्नुभएको छ । जसमध्ये मैले नैतिक बेथितिको विरुद्धमा लेखिएको केही पक्षलाई कोट्याउने प्रयत्न गरेको हुँ ।

नीति+इक नैतिक : यो काव्यको गाम्भीर्य निकै माथिल्लो स्तरको रहेकोछ । यो मानवजीवनको उच्च कडी हो । पूर्वीय शास्त्रहरूको अध्ययन गरौं या पाश्चात्य साहित्य । सबै पक्षीय आवश्यकता महसुस हो ‘नैतिकता’ । चाणक्य नीति, विदुर नीति, लेखनाथको नैतिक दृष्टान्तलगायत थुप्रै नीतिहरू छन् । विभिन्न खालका लोकगीतहरूको सार पनि नैतिकवान बन्नु हो, असल कार्य गर्नु हो । परोपकार गर्नु हो । मानव सेवा गर्नु हो । चाहे रामायण पढ्दा होस् वा महाभारत, उपनिषद् पढ्दा वा ठूला ठूला ऋषिमुनिहरूको जीवनी सबैको सार नैतिक बन्नुपर्छ । नैतिवान बन्न त्यति सजिलो छैन, जति हामीले सोच्ने गरेका छौं ।

वास्तवमा नैतिकता भनेको अलाई देखाउनुमा सीमित रहेको छ । सयमा सय नैतिकवान बन्न नसकिएला तर धारणा राख्नुपर्छ । नैतिकवान बन्नका लागि गरिनुपर्ने आवश्यक कर्महरू र व्यवहारहरू । नैतिकता जीवनका हरेक पक्षमा आवश्यक पर्दछ । कविले यहाँ नेपालको राजनीतिले भिœयाएको अनैतिक व्यवहारले जन्माएको नैतिक बेथितिमाथि चिन्ता र चासो राखेकोे देखिन्छ ।

नेपालमा विभिन्न खाले राजनीतिक घटनाहरू भए । धेरैको जनधनको क्षति भयो र संघीय लोकतान्त्रिक प्रणालीको सुरुवात भयो । नयाँ संविधान बन्यो । समय समयमा सरकारहरू गठन हुँदै फेरिँदै गए । यससँगै थुप्रै विकृतिको चाङहरू पनिबढ्दै गए । यी सबै देख्नुभएका कविले कवितामार्फत लेख्नुहुन्छ :
बलात्कारी दूराचारी अपराधी जताततै
फैलिए देशमा किन्तु सत्तासीन भए कठै ! ।।१९।।
आज कैयौं नारीहरू बलात्कारमा परेका छन् । जसलाई साहित्यकार र प्रजापति तिमल्सिनाले ‘यौन र लिङ्ग’ शीर्षकमा यसका कथा व्यथाहरूको सटिक चर्चा गर्नुभएको छ । जब समाजमा धर्म र नैतिकताको लक्षण हुन्न, त्यहाँ अपराधीको संख्या बढेको हुन्छ । जीवन पढेर होइन परेर बुझ्न सकिन्छ । समय समयका सत्तासीनहरूले देशभित्रको अराजकता र आतङ्क, बलात्कारीको रोगलाई छुट्याउन जानेर वा नजानेर संकट भोग्न बाध्य हुनु दुर्भाग्य हो । नेपालका कैयौं पुरुषहरूले अबला नारीहरू माथि गरिएका बलात्कारका घटना न निर्मला पन्तको खोजी गर्न सक्यो न प्याउली गाउँको ।

त्यति मात्र होइन कैयौं नारीहरू होलान् बलात्कारमा परेका खोजी गर्न सकेको स्थिति छैन । कारबही हुन कैयौं घटनाको छानबिनै छैन । नेपालका कौयौं नारीहरू हराए होलान् । बलात्कारी मानिस नरपशुको रूपमा रहन गयो । सच्चा मनुष्यको जीवन बन्न सोचे जति सजिलो छैन । मानिस दुई खुट्टे पशु हो । जहाँ ज्ञान, विवेकशील शिक्षा छैन । त्यहाँ विवेक हुन्न । त्यो अवस्थामा मानिस पशुसरह नै ठहरिन्छ ।

मानिसले चाणक्य नीति हेरेनन् । हेरे पनि व्यावहारिक बनाएनन् । कैयौं ऋषिमुनिहरूका दर्शन हेरेनन् । हेरे पनि सही ठाउँमा प्रयोग गरेनन् । राजा शिवीको दर्शनलाई व्यवहारमा ल्याउन सकेनन् । भगवान बुद्धको जीवनीको मर्म पढेर पनि सहन सकेनन् ।

मानिसले चाणक्य नीति हेरेनन् । हेरे पनि व्यवहारिक बनाएनन् । कैयौं ऋषिमुनिहरूका दर्शन हेरेनन् । हेरे पनि सही ठाउँमा प्रयोग गरेनन् । राजा शिवीको दर्शनलाई व्यवहारमा ल्याउन सकेनन् । भगवान बुद्धको जीवनीको मर्म पढेर पनि सहन सकेनन् । नैतिकता भनेकै सहित्यको अन्तिम निष्कर्ष हो । नैतिकता नभएको मानिस पशु हो । बेथितिगर्नेहरू समाजका शोषक हुन् । उनीहरूकै बहानामा कैयौं मानिसहरू झुम्मिन पुगेको देखिन्छ । जाली र जासुसी गर्नेहरूको सङ्ख्या बढ्नाले जताततै चित्कारको आवाज सुुनिएको छ ।

चित्कारले आँखाबाट आँसु बगाउँछ तर त्यसलाई अन्त्य गर्न सकिरहेको अवस्था छैन । सत्तामा रहनेहरू देशभित्रको अन्याय अत्याचारलाई पर्गेल्नुको विरुद्धमा नभई शासन सत्तामा कसरी टिक्न सकिन्छ भनी । त्यसैतिर ध्यान केन्द्रित भएको देखिन्छ । अन्यायप्रति खरो रूपमा उत्रन सकेको देखिँदैन । स्वार्थमा डुबेको हो कि भन्ने देखिन्छ । तब कवि लेख्नुहुन्छः
निष्ठुरी ससिआक्रान्त, दयापात्र कहिन्छ र ?
तेजाबी विष फ्याकेर मोहजाल भइन्छ र ?
मानव जीवनमा दया र मायाको अति गहिरो भाव छ । माया कसले कसलाई कसरी गर्छ ? त्यसको गहिराइ एकातिर छ भने अर्कोतिर दया गर्ने पात्रका स्वभावहरू कस्ता हुन्छन् ? व्यवहारले पुष्टि गर्छ । न निष्ठुरी मानिस दयावान त न तिक्डम गर्ने वा पछाडिबाट तीर हान्ने रिसालु मानिस नै दयालु हुन्छ । कवि लेख्नुहुन्छ ः
कडा विष फालेर मोहरूपी जाल बन्न सक्दछ
मुखमा राम रामबगलीमा छुरा गर्नु राम्रो हो र ?
मानिस कामाग्नि भएर मासिँदै छ । अनुशासनलाई बिर्सँदै छ । ब्याधा गुँडमा बसिरहेको चरालाई मारेर एक चोक्टा मासु खान पल्किरहेको हुन्छ । उसको विवेक नभए झैँ बाहिरी आँखाले नराम्रो कुरा देख्दछ । भित्री आँखा बन्द भएको छ र मानिस अन्धो बनेर घातक कार्यमा अग्रसर हुँदैछ । यसैका प्रतिकविको चिन्ता छ । कवि भन्छन् :
क्षेत्रमाथि ती अन्योल सुधारै होस् अरू पनि
भइदिऊन् रइदिऊन् सच्चा माफिया नबनून् पनि !
देशका हेरेक क्षेत्रमा देखिएका विकृतिहरूको अन्त्य होस् । सुधार हुँदै जाओस् । सच्चा मानिसहरूको वृद्धि होस् । हरेकखाले माफिया बनेर देशभित्रको कुसङ्गतिको मालिक नबनून् । कविको आसय छ । अन्त्यमा कविले देशको हर पक्षमा राम्रो काम भएको । जनताबाट स्याबासी पाउन सकेको । सर्व क्षेत्रमा राम्रो काम देख्न पाएहुन्थ्यो भन्ने कविको धारणा छ । प्रायः यो भनाइ सबै विज्ञहरूमा रहेको होला । आखिर सुधारको अपेक्षा सबैमा छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?