काठमाडौं । बालचित्रकथा ‘हिलोमा फुलेको फूल’ लोकार्पण गरिएको छ । प्रसिद्ध कलाकार के.के.कर्माचार्यको जीवनीमा आधारित बालचित्रकथा ‘हिलोमा फुलेको फूल’ एक समारोहबीच लोेकार्पण गरिएको हो । यो चित्रकथाको पहिलो भाग हो ।
नेपाल बालसाहित्य समाजद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा कर्माचार्यको उक्त कृति वरिष्ठ कलाकार हरिप्रसाद शर्माले लोकार्पण गर्नुभएको थियो । उक्त पुस्तक बालसाहित्यकार विजयराज आचार्यले लेख्नुभएको हो । जीवन भोगाइका यथार्थ तथ्यहरूलाई संवादको शैलीमा लेखिएको र कलाकारकै बाल्यजीवनका विविध पाटा, पात्र र परिवेशलाई सन्दर्भ चित्रका रूपमा प्रस्तुत रंगीन कला चित्र कर्माचार्य स्वयंले बनाउनुभएको हो ।
एक कलाकारको संघर्षको कथा व्यथासँगै त्यस बखतको काठमाडौंको जीवनशैली, बस्ती, बसोवासका विविध पाटालाई कलाकार कर्माचार्यले कलात्मक रूपमा उतारिएको लोकार्पण समारोहमा वक्ताहरूको भनाइ थियो । विवेक सिर्जनशील प्रकाशनले प्रकाशनले बजारमा ल्याएको यो कृतिको मूल्य ३०० रुपैयाँ राखिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच