कर्णाली प्रदेशमा एक राज्यमन्त्री सहित ५ मन्त्रीको पद तथा गोपनियताको सपथ, मन्त्रीमण्डलले पायो पूर्णता

मानबहादुर वली सुर्खेत, संवाददाता
Read Time = 2 mins

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयता सपथ लिनुभएको छ । नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनीयताको सपथ गराउनु भएको हो ।

नेकपा एमालेबाट मन्त्री बन्नुभएको सामाजिक विकास मन्त्री टेकराज पछाई, उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री जीतबहादुर मल्लले सपथ लिनुभएको छ ।

यस्तै, नेकपा माओवादी केन्द्रबाट भूमि, व्यवास्था, कृषि तथा सहकारी मन्त्री भीमप्रकाश शर्मा, आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णबहादुर जिसीले पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको हो ।

यस्तै नेकपा माओवादीबाट भौतिक पूर्वाधार, उर्जा तथा जलस्रोत मन्त्रालयको राज्य मन्त्रीमा उर्मिला विश्वकर्माले समेत मुख्यमन्त्री राजकुमार शर्मा समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको छ ।

नयाँ मन्त्री एवम राज्यमन्त्रीलाई कर्णालीका मुख्यमन्त्री शर्माले आजै नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम नियुक्त गर्नुभएको थियो ।

यस्तै, गत पुस २८ गते विना विभागीय मन्त्रीमा नियुक्त हुनुभएका विनोदकुमार शाहा आर्थिक मामिला तथा योजना मन्त्री र माओवादी केन्द्रबाट मंगलबहादुर शाही भौतिक पूर्वाधार, उर्जा तथा जलस्रोत मन्त्री बन्नु भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?