रियल म्याड्रिड र नेपोली क्वाटरफाइनलमा

हिमालय टाइम्स
Read Time = 2 mins

लण्डन । इटालियन क्लब नेपोली र स्पेनिस क्लब रियल म्याड्रिड युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
जर्मन प्रतिद्वन्द्वी आइनट्राख्ट फ्रान्कफुर्टलाई दोस्रो लिगमा ३-० ले पराजित गर्दै नेपोली पहिलोपटक क्वाटरफाइनलमा पुगेको हो । पहिलो लिगमा नेपोली २–० ले विजयी भएको थियो । घरेलु मैदान डिएगो अर्मान्डो म्याराडोना रंगशालामा बुधबार राती भएको खेलमा नेपोलीको जितमा भिक्टर ओसिमहेनले दुई तथा पिओटर जिलेन्स्कीले एक गोल गर्नुभयो ।

पहिलो हाफको इन्जुरी समयमा भिक्टर ओसिमहेनले माटियो पोलिटानोको पासमा गोल गर्दै नेपोलीलाई अग्रता दिलाउनुभएको थियो । ५३औँ मिनेटमा भिक्टरले दोस्रो गोल गर्नुभयो भने ६४औँ मिनेटमा पिओटर जिलेन्स्कीले पेनाल्टीमा गोल गर्दै नेपोलीलाई जित दिलाउनुभयो । यस्तै, रियल म्याड्रिडले प्रि-क्वाटरफाइनलको दोस्रो लिगमा इंग्लिस क्लब लिभरपुलमाथि १-० को जित निकाल्दै क्वाटरफाइनलमा स्थान बनायो । सान्टियागो बर्नबेउमा बुधबार राती भएको खेलमा रियलको जितमा दोस्रो हाफमा कप्तान करिम बेन्जेमाले निर्णायक गोल गर्नुभएको थियो ।

यससँगै च्याम्पियन्स लिगको क्वाटरफाइनल समीकरण पूरा भएको छ । यसअघि बेन्फिका, चेल्सी, बायर्न म्युनिख, एसी मिलान, म्यानचेस्टर सिटी र रियल म्याड्रिड क्वाटरफाइनलमा पुगिसकेका छन् । क्वाटरफाइनल ‘ड्र’ युइएफए मुख्यालय स्विट्जरल्याण्डको नियोनमा शुक्रबार हुँदैछ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?