काठमाडौं । वायुसेवा सञ्चालक संघ, नेपालले नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)ले कात्तिक २३ गते करिब पाँच महिनासम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति गर्न लागेका कारण साबिकको उडान समय घटाई बेलुका १० बजेदेखि बिहान आठ बजेसम्म विमानस्थल बन्द गर्ने ‘नोटिस टु एयर म्यान’(नोटाम) जारी गरेको सन्दर्भमा यात्रु तथा सरोकार निकायलाई ध्यानाकर्षण गराएको छ ।
विमानस्थल सञ्चालनको समय घटाउँदा सदस्य वायुसेवा कम्पनीको करिब ३० प्रतिशत उडानसमेत कटौती हुने भए पनि विमानस्थल विस्तार तथा पूर्वाधार निर्माणको विषयमा संघ सदैव सकारात्मक रहनुका साथै पूर्वाधार निर्माणपछि सदस्य वायुसेवा कम्पनी तथा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका जहाज आउजाउ तथा ट्राफिकमा समेत दीर्घकालीनरूपमा सहज, सरल तथा सुविधा हुने संघले विश्वास व्यक्त गरेको छ । विमानस्थल स्तरोन्नतिको काम जाडो महिनामा हुने भएकाले अधिकांश विमानस्थलमा हुस्सु तथा कम भिजिबिलिटीका कारण नियमित उडान प्रभावित हुने, आइएफआर उडान हुने विमानस्थलमा रात्री उडान भए पनि १० बजेभित्र सम्पन्न गरिसक्नुपर्ने, सदस्य वायुसेवा कम्पनीका चेक इन काउण्टर उडान समयभन्दा करिब १५ मिनेटअघि नै बन्द हुने भन्दै संघले यात्रुलाई वायुसेवा कम्पनीहरूले जारी गरेको टिकटमा उल्लेखित समयमा नै चेक इन काउण्टरमा रिपोर्टिङ गरिदिन आग्रह गरेको छ । संघका सदस्य वायुसेवा कम्पनी (हेलिकप्टर) हरूले भिइआर उडानअन्तर्गत नलिन्चोक हेलिप्याडबाट सूर्योदयदेखि सूर्यास्तसम्म नै हेलिकप्टर उडान तथा अवतरण हुने र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान आठ बजेदेखि उडान तथा अवतरण हुने भएकाले सम्बन्धित सरोकारवाला सबैलाई सोहीअनुसार गर्न गराउन संघले अपिल गरेको छ ।
क्यानले धाबनमार्ग तथा समानान्तर ट्याक्सी वे बीचको लिकरोड निर्माण कार्य तोकिएको समय आगामी चैत १८ गतेसम्ममा नै सम्पन्न गर्ने विश्वास व्यक्त गर्दैै संघले सन् २०२५ को स्प्रिङ सिजनसम्म पनि निर्माण कार्य सम्पन्न नभएको खण्डमा सदस्य वायुसेवा कम्पनीहरू अत्यधिक आर्थिक घाटामा गई कम्पनी नै बन्द गर्नुपर्ने अवस्था सिर्जना हुन जानेतर्फ सम्बन्धित सरोकारवाला निकाय चनाखो भई स्तरोन्नति गर्ने कार्य तदारुकतासाथ गरिदिन पनि संघका अध्यक्ष मनोज कार्कीले माग गर्नुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच