सफलता चाख्न खप्पिस स्वस्तिमा (तस्विर)

हिमालय टाइम्स
Read Time = 3 mins

पछिल्लो समयमा नेपाली चलचित्र उद्योगको एउटा चर्चित नाम हो स्वस्तिमा खड्का । २०१५ मा फिल्म ‘होस्टेल रिटन्र्स’ बाट चलचित्र क्षेत्रमा पाइला राखेकी स्वस्तिमा २८ वर्षकी भइन् । उनी ४ जुलाई १९९५ मा काठमाडौंमा जन्मिएकी थिइन् ।

उनले पछि ‘लभ लभ लभ’ र ‘छक्का पञ्जा’, ‘नाई नभन्नु ल’, ‘प्रेम गीत २’, ‘२ रुपैयाँ’, ‘छक्का पञ्जा ३’, ‘जय भोले’, ‘नाइ नभन्नु ल ५’ जस्ता उत्कृष्ट फिल्ममा अभिनय गरेपनि ‘बुलबुल’ फिल्मले भने उनलाई निकै सफलता दिएको थियो ।तर यस फिल्मबाट स्वस्तिमाले विभिन्न अवार्ड पनि पाएकी थिइन् । उनको फिल्म छक्का पञ्जा २ ले पनि व्यवसायिक रुपमा सफलता प्राप्त गरेको थियो ।

चलचित्र क्षेत्र प्रवेश गर्नु अगाडी १७ वर्षको उमेरमा मिस टिन नेपालमा भाग लिएकी स्वस्तिमाले २०१६ मा २० वर्षको उमेरमा निर्देशक तथा निर्माता निश्चल बस्नेतसँग विवाह गरेकी थिइन् ।

तस्विरः सुरेन्द्र थापा

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?