✍️प्रा.डा.गोविन्दबहादुर तुम्बाहाङ
कात्तिक २ गते बिहान ७.४५ बजे मेरो घर नजिक भत्केपाटी, कीर्तिपुरबाट प्राडा.बसन्त रिजाल, उनकी श्रीमती रञ्जु रिजाल, अन्य दुईजना अपरिचित भाइहरू, मेरी श्रीमती संगीता सुब्बा र म स्कोर्पियो जिपमा चढेर मुक्तिनाथको दर्शन गर्ने उद्देश्यका साथ त्यतातर्फ प्रस्थान गर्यौँ । पहिले पहिले त गाडीहरू कलंकीबाट थानकोट हुँदै नौबिसेको बाटो भएर मुङलिन हुँदै पोखरा लाग्थे । यसपटक भने गाडीले हामीलाई कलंकीदेखि केही तल सितापाइलाबाट सिधै नौबिसेमुनि धार्केमा निकाल्यो । बाटोमा हाम्रो परिचय भयो । चालक भाइ खड्का थरका रहेछन् ।
ती दुई यात्रुहरूमध्ये एकजना आचार्य र अर्का चाहिँ अर्याल थरका रहेछन् । यी तीनैजना भाइहरू रमाइला स्वभावका थिए । बिहान ११.४० मा हामी मुङलिन आइपुग्यौँ र मार्फा थकाली भान्छा घरमा खाना खायौँ । काठमाडौँबाट पोखरा २०० किलोमिटरको दूरीमा पर्दो रहेछ । मुङलिङबाट पोखरा पुग्दा ३.४५ भइसकेको थियो । पोखरामा खड्का थरका एकजना भाइ हाम्रो गाडीमा चढे । यिनी असाध्यै मिजासिला स्वभावका थिए ।
डा.रिजाल र म केही वर्ष त्रिभुवन विश्वविद्यालय अन्तर्गतको नेपाल र एसियाली अनुसन्धान केन्द्र, कीर्तपुरमा सँगै काम गरेका थियौँ । उनले मुक्तिनाथ र पछि माथिल्लो मुस्ताङको कोरला नाकासम्म चार रात पाँच दिनको यात्रा प्रतिव्यक्ति एकमुष्ट १८ हजार ५०० मा बन्दोबस्त गरेका थिए । यो रकमभित्र बिहानको ब्रेकफास्ट, भेज लन्च, नन्भेज डिनर र डबल बेडको कोठा प्राप्त हुन्थ्यो । गाडीले आठ जनासम्म लाने गथ्र्यो तर हामी भने सातजनामात्र भयौँ ।
पोखराबाट म्याग्दीको बेनी आइपुग्दा साँझ ७.१५ बजेको थियो । हामी त्यहाँ ताज महल होटलमा बस्यौँ । बस्ने कोठा, ओच्छ्यान र बाथरुमको अवस्था सन्तोषजनका नै थियो । बेलुकाको थकाली खाना राम्रै लाग्यो । दिनभरको यात्राले थकित भएकाले सुत्न मन थियो तर रवि लामिछानेलाई सहकारी ठगी काण्डमा पक्राउ गरिएको समचार सुनेपछि त्यसतर्फ मेरो ध्यान गयो । यस सम्बन्धी विभिन्न पत्रिकाहरूले दिएका समचारहरू मैले पढेँ । सहकारी ठगहरूलाई कारबाही गर्ने प्रक्रियाको थालनी भयो भन्ने लागेर सन्तोषको साथ म सुतेँ ।
मुक्तिनाथ क्षेत्र र दामोदरकुण्ड धार्मिक स्थलबाट बहने कालीगण्डकी र मुक्तिगण्डकी नदी मिश्रण भएपछि दुवै नदीलाई कालीगण्डकी नाम दिइएको हो । यी नदीहरूको संगमस्थललाई कागबेनी भनिन्छ । यहाँ पितृको नाममा श्राद्ध तथा पिण्ड दिनाले मोक्ष प्राप्ति हुने र पितृ उद्धार हुने हिन्दु शास्त्रहरूमा उल्लेख छ ।
‘गलेश्वर महादेवका दर्शन गरेरमात्र मुक्तिनाथको दर्शन गर्नुपर्छ’ भन्ने हामीले सुनेका थियौँ । त्यसैले बिहान पाँँच बजे उठेर नुहाउने कार्य सकेर गलेश्वर महादेवको दर्शन गर्न हामी लाग्यौँ । यो महादेवको मन्दिर शालिग्राम नदी कालीगण्डकीको किनारमा स्थापना गरिएको रहेछ । छालाका जुत्ता, पेटी, पर्स आदि बाहिरै राखेर हामी मन्दिर परिसरभित्र प्रवेश ग¥यौँ । यो मन्दिर प्यागोडा शैलीको थियो र यसका दुईवटा छाना थिए । यो विसं २०२० सालमा निर्माण गरिएको रहेछ । यो मन्दिरभित्र गलेश्वर महादेवको प्राकृतिक शिवलिंगका साथै शालिग्रामहरू पनि राखिएको देखियो । बाहिरपट्टि त्रिशूल गाडिएका, घण्ट झुण्ड्याइएका र नन्दीहरूका मूर्तिहरू स्थापना गरिएका थिए । पुरानो मन्दिर कहिले बनाइएको थियो त्यसको तिथिमितिको यकिन जानकारी नभए तापनि त्यसको पूजा सञ्चालनको लागि विसं १९५९ सालमा पृथ्वीवीर विक्रम शाहले गुठीको व्यवस्था गरिदिएका थिए भनिन्छ । दर्शनको कार्य समाप्त गरेर हामी होटलमा आयौँ ।
होटलमा ब्रेकफास्ट खाएर हामी बिहान ६.४० बजे मुक्तिनाथतर्फ लाग्यौँ । त्यहाँ जाने बाटो कालीगण्डकीको किनारै किनार भएर जाँदो रहेछ । कति ठाउँमा बाटो बिग्रिएको थियो तर पनि हामीले सोचे जतिको चाहिँ बिग्रिएको थिएन । बाटामा हामीहरूले पहाडबाट खसेको झरना देख्यौँ । यसको दृश्य अत्यन्त मनमोहक थियो । यसलाई लुप्से झरना भनिँदोरहेछ । सम्झनाको लागि झरना छेउमा उभिएर हामीले फोटो पनि खिच्यौँ । त्यसपछि हामी तातोपानी पुग्यौँ । तलाउ क्षेत्रमा सानाठूला गरी तीनवटा पोखरीहरू देखिए । पुरुष र महिला छुट्टाछुट्टै पोखरीमा डुबेर बसेका र हातमुख धोइरहेका देखिन्थे ।
पोखरीको पानी तातो थियो । त्यहाँभित्र डुब्दा छालाको रोग निको हुने, पिठ्युँको दर्द जाति हुने, गानो निको हुने, हातखुट्टाका जोर्नीहरूको दर्द निको हुने विश्वास गरिन्छ । प्रतिव्यक्ति ५० रुपैयाँ तिरेर हामी पोखरीमा गई हातमुख धोएर बाहिर निस्कियौँ । त्यसपछि हामी मार्फा, जोम्सम हुँदै कागबेनी पुग्यौँ । जोम्सम मुस्ताङ जिल्लाको सदरमुकाम हो । यो कालीगण्डकी नदीको किनारमा रहेको छ । यहाँ पोखराबाट आउने सानो यात्रुबाहक जहाज बस्न सक्ने हवाई मैदान पनि छ । यहाँबाट धौलागिरि र नीलगिरि हिमालहरू देख्न सकिन्छ ।
मुक्तिनाथ क्षेत्र र दामोदरकुण्ड धार्मिक स्थलबाट बहने कालीगण्डकी र मुक्तिगण्डकी नदी मिश्रण भएपछि दुवै नदीलाई कालीगण्डकी नाम दिइएको हो । यी नदीहरूको संगमस्थललाई कागबेनी भनिन्छ । यहाँ पितृको नाममा श्राद्ध तथा पिण्ड दिनाले मोक्ष प्राप्ति हुने र पितृ उद्धार हुने हिन्दु शास्त्रहरूमा उल्लेख छ । त्यस कारण यसलाई दिवंगत पितृ उद्धारका लागि महŒवपूर्ण धार्मिकस्थलका रूपमा मानिन्छ ।
यो ठाउँमा पहिले बजार थियो तर २०८० साल साउनमा कागखोलामा आएको बाढीले सबै घरहरू बगाएकाले त्यहाँ कुनै घर देखिएन । श्राद्ध गर्नका लागि चाहिने सामग्रीहरू, शालिग्राम र कपडा आदि बेच्न खोला किनारमा निकै पसलेहरू बसेका देखिए । मेरो पिताको श्राद्ध कात्तिक कृष्णपक्ष षष्ठी तिथिमा पर्दथ्यो । तिथि आउन बाँकी नै रहे तापनि मैले पिताको नाममा कागबेनी संगमस्थलमा पिण्ड चढाएँ । त्यसपछि हामी मुक्तिनाथतिर लाग्यौँ । अपराहृन १२ बजेतिर हामी रानीपौवा पुग्यौँ । त्यहाँ गाडीले हामीहरूलाई उतार्यो र हामी आफ्नै हिसाबले मुक्तिनाथ मन्दिरतिर लाग्नुपर्ने भयो ।
मन्दिरतिर लैजानका लागि करिब ४० वटा जति घोडाहरू ग्राहक पर्खिएर उभिएका देखिन्थे । डोलीमा यात्रुलाई बोकेर मन्दिर लैजाने मानिसहरू पनि यात्रुकै पर्खाइमा थिए तर हामी पैदल नै त्यतातर्फ लाग्यौँ । तेर्सो बाटो केही बेर हिँडेपछि हामी उकालो चढ्ने सिँढी भएको ठाउँमा पुग्यौँ र सिँढी चढ्दै गयौँ । प्रवेशद्वार पुग्नुभन्दा केही अघि दाहिने पट्टि हेलिप्याड देखियो । करिब ३०० खुट्किला चढेपछि हामी मन्दिरमा पुग्यौँ । हिन्दुहरूका अनुसार ‘मुक्तिनाथ’ भनेका ‘मुक्ति प्रदान गर्ने मालिक वा दाता’ हुन् । उनी भनेको भगवान विष्णु हुन् । मुक्तिनाथको मन्दिर हिन्दुहरूले मान्दै ल्याएको प्राचीन विष्णुको मन्दिर हो । हिन्दुहरूले यसलाई भगवान् विष्णुको र बौद्धमार्गीहरूले यसलाई अवलोकितेश्वर भगवानको निवास स्थानको रूपमा मान्दछन् ।
यो प्यागोडा शैलीमा निर्माण गरिएको छ । समुद्र सतहदेखि ३ हजार ७१० मिटरको उचाइमा हिमालपारिको जिल्ला मुस्ताङमा अवस्थित छ । यो थोरङ्ला पर्वतीय नाकाको फेदीमा रहेको छ । त्यहाँबाट यसको क्षेत्र (मुक्ति क्षेत्र) उपत्यका जसरी फैलिएको छ । यस मन्दिरलाई हिन्दुहरूले ‘मुक्ति क्षेत्र’ तथा बौद्धमार्गीहरूले तिब्बती भाषामा ‘छुमिङ ग्यात्सा’ (सय पानी) भन्दछन् । मुक्तिनाथ वैष्णव सम्प्रदायको पनि प्रमुख मन्दिरहरूमध्ये एक हो । हिन्दु धर्मशास्त्रमा उल्लेख गरिएका १०८ दिव्यदेशमहरूमध्ये (१०८ विष्णु र लक्ष्मीका मन्दिरहरूमध्ये) यो मन्दिर पनि एक हो । मन्दिर पछाडि निरन्तर पानी झरिरहने १०८ धाराहरूले यिनै मन्दिरहरूको प्रतिनिधित्व गर्दछन् ।
त्यस्तै ५१ शक्तिपिठहरूमध्ये यसलाई एक शक्तिपिठ मानिन्छ । नेपालमा रहेका चार मुक्तिक्षेत्रहरूमध्ये यो एक हो । अन्य तीन क्षेत्रहरू रुरुक्षेत्र, पशुपतिक्षेत्र र बराहक्षेत्र हुन् । गण्डकी नदी मुक्तिनाथको छेउबाट दक्षिणतिर बग्ने र शालिग्राम शिला यही नदीमा मात्र पाइने भएकाले हिन्दुहरू यस क्षेत्रलाई मुक्तिक्षेत्रको रूपमा मान्दछन् । गुरु रिम्पोचेले ध्यान गरेको स्थान यही ठाउँ भएकाले मुक्तिनाथलाई बौद्धमार्गीहरू असाध्यै मान्दछन् ।
मन्दिर दिउँसो १२ देखि १ बजेसम्म बन्द हुँदो रहेछ । हामीहरू त्यहाँ पुग्दा एक बजिसकेकाले मन्दिर खुलिसकेको थियो । मन्दिर पछाडि १०८ ओटा बाघमुखे टुटी भएका धाराहरूबाट पानी झरिरहेको देखियो । ती लहरै रहेका धाराहरूमा एक छेउबाट क्रमशः अर्को धारामा नुहाउँदै अन्तिमको धारासम्म नुहाएमा आफूले जानेर वा नजानेर गरेका पापहरू पखालिन्छन् र मोक्ष प्राप्ति हुन्छ भन्ने विश्वास गरिन्छ । म पनि लुगा खोलेर नुहाउनका लागि छेउको धारामा गएँ । हातमा पानी थाप्ता यति चिसो भयो कि हात नै पानीले काट्ला जस्तो गर्यो । त्यसपछि मैले ती धाराहरूमा नुहाउने हिम्मत नै गरिन । क्रमशः धाराहरूका पानी छुँदै अन्तिमको धाराको पानी छोएँ । संगीताले पनि त्यसै गरिन् । डा.रिजालले भने सबै धाराहरूमा नै नुहाए । ७३ वर्षका बुढाको यो सहास देखेर मलाई ज्यादै अचम्म लाग्यो ।
सीमास्तम्भको छेउमा उभिएर हामीले नेपालको झन्डा बोकेर फोटो खिच्यौं । त्यस बेला हामीलाई राष्ट्रियताको अनुभूति भयो । त्यहाँदेखि परतिर चिनियाँहरूले आफ्ना सीमामा तारजालीले बारेको देखिन्थ्यो । नेपालतिर भने सीमा सुरक्षाका लागि तारजाली लगाइएको देखिएन । सिमाना खुल्ला थियो ।
त्यसपछि हामीहरू मन्दिरभित्र प्रवेश गर्न ढोकाबाहिर लामबद्ध भएर खाली खुट्टा उभियौँ । खुट्टामा ज्यादै चिसो भयो तर यसलाई हामीले सहन गर्यौँ । मन्दिरभित्र प्रवेश गरेर पूजा गर्ने ठाउँमा पुग्यौँ । ती पुजारी महिला थिइन् । दाहिनेपट्टि किनारमा एउट पुरुष पुजारी पनि दर्शनार्थीहरूलाई टीका लगाइरहेका थिए । दक्षिणपट्टिको मन्दिरभित्र होम गर्ने ठाउँ थियो । त्यहाँ एक ब्राहृमण दर्शनार्थीहरूलाई फूल अक्षता दिँदै थिए ।
मन्दिर दर्शन गरिसकेर कतिपय त बाहिर निर्माण गरिएको तलाउमा डुबुल्की मार्दा रहेछन् तर हामीले त्यसो गरेनौँ । हामीले सिधै रानीपौवास्थित होटल नोर्लिङमा आएर खाना खायौँ । दर्शनार्थीहरूमध्ये प्रायः सबैजसो भारतीयहरू नै थिए । यिनीहरू कोही बोकिएर कोही घोडा चढेर कोही बिस्तारै हिँडेर मन्दिरतर्फ लाग्दै गरेका र मन्दिरबाट फर्कँदै गरेका देखिन्थे । मन्दिर परिसरमा रहेको १०८ धाराहरूमा यिनीहरू नै नुहाइरहेका हुन्थे । वास्तवमा यो मन्दिरले धेरै भारतीय धर्मालम्बीहरूलाई आकर्षित गरेको रहेछ तर मन्दिरभित्र र बाहिर सरसफाइमा कमीकमजोरी देखिन्थ्यो । पाइखाना र स्नानगृहको उचित व्यवस्था थिएन । मूल मन्दिरदेखि केही तलतिरका मन्दिरहरू भत्किन लागेको अवस्थामा देखिन्थे ।
त्यस दिन हामी छुसाङ आएर बस्यौँ । अर्को दिन बिहान ६.३० बजे नै हामीहरू कोरला नाकातर्फ लाग्यौँ । यो क्षेत्रलाई ‘अपर मुस्ताङ’ भनिन्छ । बाटामा देखिएका भूबनौट ज्यादै सुन्दर र आकर्षक थियो । फाँटिला ठाउँमा चरिरहेका चौंरीगाई र घोडाहरू र भिराला ठाउँमा चरिरहेका च्याङ्ग्र्रा र भेडाहरूले मानव बस्तीहीन भूमिमा जीवन्तताको अनुभूति दिन्थ्यो । त्यहाँबाट देखिने सेता अग्ला हिमालहरू, नजिकैका पर्वतहरू र भीर तथा फराकिला फाँटहरूका मनोरम दृश्यहरू आँखा नचिम्ली हेरौँहेरौँ लाग्दा थिए । हामी लोमान्थाङ हुँदै कोरला नाका बिहान ११ बजेतिर पुग्यौँ ।
त्यहाँभन्दा १४ किलोमिटर वर प्रहरी चौकी भेटिएको थियो । त्यहाँ एकजना प्रहरीले हामीलाई सीमामा हामीले गर्न नहुने केही कुरा बताएका थिए । हामी नाकामा पुगेपछि १४ नम्बर लेखिएको सीमास्तम्भ वर नै गाडीबाट उत्रियौँ । सीमास्तम्भको छेउमा उभिएर हामीले नेपालको झण्डा बोकेर फोटो खिच्यौँ । त्यसबेला हामीलाई राष्ट्रियताको अनुभूति भयो । सीमास्तम्भदेखि परसम्म ‘नो म्यान्स ल्यान्ड’ थियो । त्यहाँदेखि परतिर चिनियाँहरूले आफ्ना सीमामा तारजालीले बारेको देखिन्थ्यो । त्यहाँदेखि पर शहर जस्तो देखिने ठूलठूला घरहरू देखिन्थे । नेपालतिर भने सीमा सुरक्षाको लागि तारजाली लगाइएको देखिएन । सीमाना खुल्ला थियो ।
नेपालतर्फ खुल्ला मैदानमा पेयपदार्थ र सरसामान बेच्ने ससाना दोकानहरू मात्र देखिन्थे । यस्तो देखेपछि मलाई लाग्यो आजसम्म नेपालको सिमाना कि त चीनले जोगाइदिएको रहेछ कि त मुक्तिनाथले । नेपाल सरकारको रवैया देख्दा लाग्छ आउँदा दिनमा पनि नेपाली सीमा चीनले नै हेर्ने छ र यसको रक्षाका लागि नेपालीहरूले मुक्तिनाथमाथि नै भर पर्नुपर्नेछ । कोरला नाकाको भ्रमणपछि फर्कँदा लोमान्थाङमा राजा जिग्मि सिङ्गे पर्बल विष्टको दरबार र गुम्बा हेर्यौँ । त्यसपछि तेस्रो रात छुसाङ र चौथो रात पोखरामा बास बसेर पाँचौं दिन काठमाडौँ आइपुग्यौँ । समग्र यात्रालाई स्मरण गर्दा मलाई मुक्तिनाथ मन्दिर परिसरको सरसफाइ, जीर्णोद्वार र आधुनिकीकरण र कोरला नाकाको सीमा व्यवस्थापनका विषयहरूमा नेपाल सरकारले देखाएको निष्क्रियता मेरो मानसपटलमा आइरहन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच