काठमाडौं । प्रहरीले मितेरी सहकारीमा बचतकर्ताको रकम अनियमितता भएको प्रकरणमा नेपाली कांग्रेस उपसभापति धनराज गुरुङसँग बयान लिएकाे छ ।
उपसभापतिगुरुङसँग प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले सहकारीको रकम अपलचनबारे बयान लिएको हाे ।
सिआइबीले गुरुङलाई बुधबार मितेरी सहकारीको १४ करोड हिनामिनाको आरोप सम्बन्धि बयानमा कागजसमेत गराएको छ ।
बयानका लागि सिआइबी पुग्नुभएका गुरुङसँग उहाँकी पूर्वपत्नि ज्योति गुरुङले अपचलन गरेको रकम , सहकारीबाट लिएको ऋण , र उहाँले भुक्तान गरेको भनिएको ९२ लाख सम्बन्धि सोधपुछ गरेको थियो ।
गुरुङकी श्रीमती ज्योति गुरुङ २०५७ सालदेखि सहकारीको कर्मचारी रहेको र २०७५ सालमा कार्यकारी प्रमुख रहनुभएको थियो ।
ज्योति गुरुङको नाममा सहकारीबाट १ करोड १३ लाख ऋण प्रवाह भएको थियो । ज्योतिले १ करोड १३ लाख तिरेको देखिए पनि ८४ लाखको दायित्व धनराजले लिनुभएको थियो । धनराज आफैले ज्योतिसँग सम्बन्ध विच्छदे हुँदा ज्योतिले सम्पति नलिने र धनराजले सहकारीको ऋण तिर्ने सहमती भएको बताउनु भएको छ । धनराजले आफु सहकारीका जोडिनु र श्रीमतिसँग भएको सम्बन्धविच्छेद बारे बयान दिएको बुझिएको छ ।
सहकारी सम्बन्धि छानविन गर्न बनेको विषेश समितिले पनि आफनो प्रतिवेदनमा धनराज माथि छानविन गर्नुपर्ने राय दिएको थियो ।
उहाँको पूर्वपत्नि ज्योति गुरुङ र अर्का आरोपी ज्योति बहादुर भण्डारी विरुद्ध इन्टरपोल मार्फत रेड नोटिस जारी भैसकेको छ । मितेरी सहकारीका संचालक समितिले दिएको उजुरीआधारमा धनराजमाथि छानविन सुरु भएको हो ।
यो प्रकरण सतहमा आएपछि उपसभापति गुरुङले सामाजिक सञ्जालमार्फत दुई पटक स्पष्टीकरण समेत दिनुभएको थियो
एक विज्ञप्ति जारी गर्दै सञ्चार माध्यममा आफुलाई सहकारी ठग भनिएको प्रति आपत्ति जनाउदै आफ्नी पुर्वश्रीमती गुरुङलाई पक्राउ गरेर अनुसन्धान गर्न उपसभापति गुरुङले माग समेत गर्नुभएको छ ।
गुरुङले आफूजस्तो सादगी जीवन बिताउने, निष्ठाको राजनीति गर्ने र सुशासनको पक्षमा जीवनभर लडिरहेको कांग्रेसको इमानदार कार्यकर्तालाई दैनिकजसो सार्वजनिक कार्यक्रम र मिडियाहरुमा ठग हो, दोषी हो भन्दै कपोकल्पित प्रचार भइरहेको भन्दै आपति जनाउनु भएको थियो ।
उहाँले आफ्नी पूर्व श्रीमती ज्योति गुरुङ जहाँ भएपनि झिकाई अनुसन्धान गर्न माग गर्दै सहकारीको अपचलन गरेको पैसा पीडितलाई फिर्ता गर्न आग्रह समेत गर्नुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच