काठमाडौं । निपेक्ष बढे पनि कर्जाको माग खासै नबढेपछि वाणिज्य बैंकहरूले मंसिरका लागि पनि निक्षेपको ब्याजदर घटाएका छन् । केही बाहेक अधिकांश वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाएका हुन् । वाणिज्य बैंकहरूले मंसिरका लागि सार्वजनिक गरेको ब्याजदरअनुसार ११ बैंकहरूले ब्याजदर घटाएका छन् भने एउटा बैंकले ब्याजदर बढाएको छ । आठ वाणिज्य बैंकले भने कात्तिक महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । तर, राष्ट्रिय वाणिज्य बैंकले मंसिर महिनाका लागि ब्याजदर बढाएर छ प्रतिशत पुर्याएको छ ।
नेपाल बैंक, एभरेष्ट बैंक, प्रभु बैंक, हिमालयन बैंक, सानिमा बैंक, नेपाल एसबिआई बैंक, सिद्धार्थ बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले भने कात्तिककै ब्याजदरलाई निरन्तरता दिएका छन् । नेपाल बैंकले ९.९५, एभरेष्ट बैंक ६, प्रभु बैंक ६.१, हिमालयन बैंक ६.२५, सानिमा बैंक ६.१५, नेपाल एसबिआई बैंक ६, सिद्धार्थ बैंक ६ र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ६.५ प्रतिशत ब्याजदर तोकेका छन् । कृषि विकास बैंक, ग्लोबल आइएमई बैंक, नबिल बैंक, कुमारी बैंक, माछापुच्छे« बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, एनआइसी एसिया बैंक, सिटिजन्स बैंक, प्राइम कमर्सियल बैंक, एनएमबी बैंक र लक्ष्मी सनराइज बैंकले ब्याजदर घटाएका छन् ।
कृषि विकास बैंक ५.५३, ग्लोबल आइएमई बैंक ५.७५, नबिल बैंक ५.७५, कुमारी बैंक ५.९१, माछापुच्छे« बैंक छ, स्ट्याण्डर्ड चार्टर्ड बैंक ६.२५, एनआइसी एसिया बैंक ६.७९, सिटिजन्स बैंक ५.६५, प्राइम कमर्सियल बैंक ५.७५, एनएमबी ५.५७ र लक्ष्मी सनराइज बैंकले मंसिरका लागि ५.५ प्रतिशत ब्याजदर तोकेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच