सभामुख सापकोटा र चिनियाँ जनकंग्रेसका अध्यक्ष लीबीच भेटवार्ता

द्विपक्षीय सम्झौतामा हस्ताक्षर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौ । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा र नेपाल भ्रमणमा आइपुगेका चिनियाँ जनकांग्रेसका स्थायी समितिका अध्यक्ष ली चान्सुबीच भेटवार्ता भएको छ ।

नेपालको संघीय संसद र जनवादी गणतन्त्र चीनको राष्ट्रिय जन कांग्रेसकाबीच समझदारी पत्रमा हस्ताक्षर समेत भयो ।

संघीय संसद भवन नयाँ बानेश्वरमा आयोजित विशेष समारोहकाबीच समझदारी पत्रमा नेपालका तर्फबाट संघीय संसदको नेतृत्व सभमामुख सापकोटा र जनवादी गणतन्त्र चीनको राष्ट्रिय जन कंग्रेस स्थायी समितिका महामहिम अध्यक्ष ली चानशुले हस्ताक्षर गर्नु भयो ।

भेटमा संसदमा रहेका दलका प्रमुख सचेतक, सचेतक र नेपाल–चीनमैत्री संसदीय समूहको टोलीका सदस्यसमेत रहने सभामुखको सचिवालयले जनाएको छ ।

चान्सु आज साढे ३ बजे काठमाडौं आइपुग्नुभएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?