काठमाडौं । नेपाल विद्युतीय व्यवसायी महासंघले आयोजना गरेको ‘फिन इलेक्ट्रो टेक-२०२४’ प्रदर्शनी ४० हजार अवलोकनकर्ताले अवलोकन गरेका छन् । काठमाडौंको भृकुटीमण्डपमा कात्तिक २९ गते सुरु भएको फिन इलेक्ट्रो टेक मंसिर २ गतेसम्म सञ्चालन भएको थियो । ट्रान्सवेल्ड ट्रान्सफर्मरद्वारा प्रायोजित ११औँ संस्करणको फिन इलेक्ट्रो टेकमा पहिलो दिन सात हजार, दोस्रो दिन नौ हजार, तेस्रो दिन १७ हजार र चौथो दिन सात हजार गरी कुल ४० हजारले अवलोकन गरेका आयोजक संस्थाका महासचिव गोपाल अग्रवालले जानकारी दिनुभएको छ ।
इलेक्ट्रिक र इलेक्ट्रोनिक्स सामग्री प्रयोगमा आएको महत्वपूर्ण परिवर्तनले दैनिक जीवन सहज र प्रभावकारीबारे उपभोक्तालाई बुझ्न मेलाले थप सहज बनाएको महासंघले विश्वास लिएको छ । महासंघका अनुसार मेलामा इलेक्ट्रिक मोटर, जेनेरेटर, विद्युत् ट्रान्समिसन लाइनका उपकरण, ट्रान्सफर्मर, घरमा प्रयोग गर्ने विद्युतीय सामग्रीमा आकर्षण देखिएको थियो । प्रविधिको नयाँ आयाम, विद्युतीय सामग्रीमा सुरक्षा र गुणस्तर कायम भन्ने नाराका साथ आयोजित मेला ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव, भारतीय राजदूतावासका उच्च अधिकारी, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ एवं नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिका साथै नेपाली क्रिकेटर, कलाकार, कन्सल्टिङ, आर्किटेक्चर, इलेक्ट्रिकल इञ्जिनियर, इन्टेरियर डेकोरेटर, प्राविधिककर्मीलगायतले अवलोकन गरेका थिए ।
मेलालाई थप प्रभावकारी बनाउन मेला अवधिभर विभिन्न विधामा रहेर विज्ञहरूको समूहद्वारा छलफल भएको थियो । उक्त समूहले विद्युतीय सुरक्षामा गुणस्तर, विद्युतीय सर्किटमा केबलको महत्व र नवीनतम प्रविधि, विद्युतीय सुरक्षा र गुणस्तर विषयमा प्यानल छलफल पनि गरेका थिए । प्रत्येक दुर्ई-दुर्ई वर्षमा आयोजना हुने प्रदर्शनी अब सन् २०२६ मा आयोजना हुनेछ भने उक्त प्रदर्शनीका लागि ट्रान्सवेल्ड ट्रान्सफर्मरले टाइटल स्पोन्सर र केइआई जनता केबलले प्लेटिनम स्पोन्सर गर्ने घोषणा गरेका महासंघका सचिव अग्रवालले बताउनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच