काठमाडौं । समृद्धि फाइनान्सले शुक्रबार संस्थाको इटहरी शाखाबाट वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम एडुटेक कलेज, इटहरी-६ का २० जना विद्यार्थीलाई वित्तीय ज्ञान, सीप, मनोवृत्ति र व्यवहारमा सुधार ल्याई वित्तीय सक्षमता अभिवृद्धिका माध्यमले विवेकशील वित्तीय निर्णय लिन सघाउने र सोको माध्यमबाट हरेक व्यक्तिको आर्थिक समृद्धिमा योगदान गर्नु वित्तीय चेतनामूलक अभियानको मुख्य उद्देश्य रहेको कम्पनीले जनाएको छ ।
समृद्धि फाइनान्सले हाल १३ शाखामार्फत् नगद कारोबार, आरटिजिएस, आइपिएस, कनेक्ट आइपिएस, रेमिट्यान्स, क्लियरिङलगायतका बैंकिङ सेवा प्रदान गर्दै आएको छ भने मोबाइल बैंकिङ, डेबिट कार्ड, क्युआर कोड आदि डिजिटल सुविधाहरू प्रदान गर्दै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच