काठमाडौं । सरकारले उखुको समर्थन मूल्यमा झण्डै २० रुपैयाँ वृद्धि गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले चिनी उद्योगीले किसानलाई उपलब्ध गराउने रकममा प्रतिक्विन्टल २० रुपैयाँले वृद्धि गरेको हो । जसअनुसार अब किसानले प्रतिक्विन्टल झण्डै पाँच सय ८५ रुपैयाँ चिनी उद्योगबाट पाउनेछन् ।
सरकारले उखु किसानलाई अनुदानबापत दिने रकमको भने निर्णय गर्न बाँकी छ । कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले उखु किसानलाई अनुदानबापत दिने रकम वृद्धि गर्नुपर्ने प्रस्ताव गर्नुभएको छ । मुलुकको आर्थिक अवस्थासमेत ख्याल गरेर अनुदानबापत दिने रकम पछि निर्धारण गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको हो । सरकारले यसअघि उखु किसानलाई प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान दिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच