काँग्रेसलाई कम क्षति हुनेगरी गठबन्धन गर्नुपर्नेः डा.शेखर कोईराला

फाईल फाेटाे

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले काँग्रेसलाई कम क्षति हुनेगरी गठबन्धन गर्नुपर्ने बताउनुभएको छ ।

प्रेस युनियन पर्साले बुधवार वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेता कोईरालाले नेपाली काँग्रेसलाई कम क्षति हुनेगरी गठबन्धन गर्नुपर्ने बताउनुभएको हो । उहाँले काँग्रेसलाई कम क्षति हुनेगरी गठबन्धन गर्ने विषयमा छलफल भइरहेको बताउनु भयो ।

उहाँले गठबन्धनका अन्य दलहरुले सबैकुरा आफूहरु नै हो भन्ने सोचिरहेको उल्लेख गर्दै काँग्रेस नेपालको पुरानो, ठूलो र स्थानीय निर्वाचनमा सबैभन्दा धेरै सिट जितेको पार्टी भएको स्मरण गराउनु भयो ।

नेता कोईरालाले सबैलाई समेटेर हिँड्ने काँग्रेसको सोच रहेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो - ‘अब हामी प्रदेशको निर्वाचन र संघीय निर्वाचनमा होमिदैछौँ । मलाई लाग्छ मंसिरको पहिलो हप्तामै निर्वाचन हुन्छ भन्ने मलाई विश्वास छ । त्यसमा नेपाली काँग्रेसलाई कम क्षति हुनेगरी कसरी हामी जानसक्छौँ । किनकी गठबन्धनमा जाने भनेका छौँ । तर सबभन्दा कम क्षति हुनेगरी कसरी जाने भन्ने हामीहरु छलफल गरिराखेका छौँ । केन्द्रिय समितिमा पनि छलफल भएको छ । केन्द्रिय समितिमा हामीले दुई, तीनवटा कुराहरु राखेका छौँ । गठबन्धन त गर्ने भनेर भन्यौँ, तर जसरी माओवादीले या एकीकृत समाजवादीले या जनता समाजवादीले कुराहरु उठाइरहनुभएको छ । उहाँहरुलाई हामी नै सबैकुरा हो भन्नेपनि लागिराखेको छ । त्यस्तो होइन । नेपाली काँग्रेस ठूलो पार्टी हो । पुरानो पार्टी हो । र अहिले स्थानीय निर्वाचनमा पनि सबैभन्दा धेरै सिट जितेको पार्टी हो । त्यसकारण हामी सबैलाई समेटेर हिडौँ भन्ने हामीहरुको सोच हो । तर नेपाली काँग्रेसलाई कम क्षति भएर जाओस् भन्ने मात्रै हो हामीहरुको सोच ।’

उहाँले नेपाली काँग्रेसका पूर्व सभापति स्व. गिरीजाप्रसाद कोईरालाको कथनलाई स्मरण गर्दै सहमति, सहकार्य र एकताको भावनाले अगाडी बढे मात्रै काँग्रेसको भविष्य उज्वल हुने तर्क गर्नुभयो । नागरिकता विधेयक संसदबाट पारित भएसँगै मधेसमा धेरै जनताहरुमा खुशी छाएको उहाँको भनाई छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?