काठमाडौं । विगत वर्षहरू जस्तै यस वर्ष पनि काठमाडौंमा प्याकेजिङ सामग्री मेला हुने भएको छ । मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रालिले विगतका वर्षझैं यस वर्ष पनि पाँचौँ नेपाल प्रिन्टप्याक अन्तर्राष्ट्रिय प्रदर्शनी तथा पाँचौँ नेपाल प्लास्टटेक अन्तर्राष्ट्रिय प्रदर्शनी पुस ५ देखि ७ गतेसम्म भृकुटीमण्डपमा आयोजना गर्ने भएका हुन् । मेलामा स्वदेशी तथा विदेशी कम्पनीका एक सयभन्दा बढी स्टल रहने बताइएको छ ।
मेलाले नेपालभर रहेका प्लास्टिक, पेपर, प्रिन्टिङ, प्याकेजिङ र प्रोसेसिङसँग सरोकार राख्ने व्यापार व्यवसाय एकै ठाउँ ल्याएर व्यापार साझेदारी, नवीनतम प्रविधि प्रदर्शन र संवाद गर्न साझा मञ्च प्रदान गर्ने एकमात्र उद्योग व्यापार विशेष अन्तर्राष्ट्रिय प्रदर्शनीका रूपमा विगतको चार वर्षदेखि सेवा पु¥याउँदै आएको छ । मेलाबाट देशभरबाट बढीभन्दा बढी उद्यमी, अनुसन्धानकर्ता, संघ संस्थाका प्रतिनिधि लाभान्वित हुन सक्ने आयोजकले जनाएको छ ।
मेला सहआयोजकमा नेपाल मुद्रण उद्योग महासंघ तथा सहयोगी संस्थाका रूपमा नेपाल कोरोगेटेड बक्स उत्पादक संघ रहेका छन् । मेला प्लास्टिक प्रोसेसिङ मेसिनरीका उत्पादक, स्क्रिन प्रिन्टिङ, इन्डक्सन मोल्डिङ मसिन, प्रिन्टिङ मसिन, टेप, प्लास्टिक हिटर, अफिस स्टेसनरी मसिनरी, प्रिन्टिङ स्पेयर पार्ट्स, पेपर मसिनरी, पेपर कप मेसिनरी, सबै खालका कागज र स्पेयर पार्ट्स, प्याकेजिङ मसिनरी, लेबल उत्पादक, कोरोगेटेड बक्स उत्पादकलगायतका कम्पनीको सहभागिता रहने बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच