दाङ । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले चैत ३० गते शुक्रबार विश्वासको मत लिन थाल्नुभएको छ ।
मुख्यमन्त्री महराले विश्वासको मत लिने प्रयोजनका लागि सभामुख तुलाराम घर्ती मगरले चैत ३० गते शुक्रबार दिउँसो १ बजे लुम्बिनी प्रदेशसभा बैठक बोलाएको प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले जानकारी दिनुभयो ।
महरा ४८ जना प्रदेशसभा सदस्यको समर्थनमा चैत २३ गते शुक्रबार लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । २३ गते प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएका महराले चैत २५ गते सपथ ग्रहण र पदभार ग्रहण गर्नुभएको थियो ।
महरालाई गठबन्धन दल एमालेका २९, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्ति पार्टीका ४, जसपाका ३, नेकपा एस १ र स्वतन्त्र सांसद खड्क बस्नेत गरी ४८ जना प्रदेशसभा सदस्यले समर्थन गरेका थिए ।
मुख्यमन्त्री सँगै विना बिभागीय मन्त्री बनेकाहरुको अहिले सम्म कुनै जिम्मेवारी तोकिएको छैन । एमालेका चेतनारायण आचार्य, जनता समाजवादीका भण्डारीलाल अहिर र माओवादीका दिपेन्द्र पुनलाई अहिलेसम्म कुनै जिम्मेवारी तोकिएको छैन ।
मुख्यमन्त्री महराले विस्वासको मत लिएपछि मात्रै सरकार विस्तार र जिम्मेवारी प्रदान गर्ने बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच