✍️ रमेशप्रसाद गौतम
शिक्षा सबै नागरिकको पहुँच तथा अनिवार्य शिक्षाको प्रावधान राखिएको छ । शिक्षाको अवसरबाट वञ्चित परिवारका बालबालिकाको शिक्षामा पहुँच बढाउन अनिवार्य आवश्यकता भएको छ । हर बालबालिकालाई दिइने शिक्षामा पहुँच र अवसर समतामूलक र गुणस्तरयुक्त हुनुपर्ने कुरामा कहिँ दुई मत हुँदैन । यस किसिमको शिक्षा प्रदान गर्न सक्दा मानव क्षमता र सामथ्र्यको विकास हुनसक्दछ । समयको गतिसँगै सूचक, मापन विधि फरक र परिष्कृत हुनुपर्छ । भूमण्डलीय मानव विकाससम्बन्धी तुलनात्मक तथ्यांक साथै मानव विकासका धार र विषयको विश्लेषणले पनि प्रष्टाउँदछ ।
नेपालको सन्दर्भमा हेर्दा तत्कालीन शिक्षाविद् मेकावलीका शैक्षिक पद्धतिले नै नेपालको शिक्षा प्रणालीमा प्रभाव पार्दै आएको छ । आजको भूमण्डलीकरणले विश्व बहुत साँघुरिएको छ तर आजको समसामयिक मानव विकासका सूचांक मापन विधि निहाल्दा फरक र परिष्कृत हुँदै आएको छ । हाम्रो शिक्षा प्रणालीमा पनि दतनुरूप सुधार हुनु जरुरी छ । यस पेशामा उच्च प्रतिभाशाली र योग्य व्यक्ति आकर्षित हुनेगरी नीति नियम बनाउन ढिला गर्नु हुँदैन । मेरिटोक्रेसीका आधारमा शिक्षक छनोट, नियुक्तिको व्यवस्था हुनुपर्दछ र तिनले उच्च मनोबलका साथ आफ्नो विज्ञता प्रस्तुत गर्ने अवसर पाउनुपर्दछ । यसो हुनसकेमा नै विद्यार्थी, अभिभावक र आमजनमानसमा शिक्षकप्रतिको भरोसा बढ्नेछ ।
विद्यार्थीलाई पढ्न सिकाउने विधि प्रारम्भिक बाल्यकालदेखि नै विकास गराउँदै ल्याउनुपर्छ । सुरुदेखि पढ्ने इच्छा जगाउन सकिएन भने पठन संस्कृतिको विकास हुन सक्दैन । अहिले प्रायः विद्यार्थी परीक्षाका लागि मात्र पढ्ने प्रवृत्ति छ, यो गलत विधि हो । पढ्ने र सिक्ने विधिलाई निरन्तरता दिइरहनुपर्छ ।
शिक्षा क्षेत्रलाई व्यावहारिक, प्रतिस्पर्धी र गुणस्तरीय बनाउनकै लागि शिक्षकहरूको छनोट मेरिटोक्रेसीका आधारमा हुनुपर्दछ । शिक्षा सम्पूर्ण संरचनामा प्रतिस्पर्धाका आधारमा चयन हुन थालेमा नयाँ पुस्तामा भरोसा बढ्न सक्दछ । अनि हाम्रो शिक्षा गुणस्तरीय भएन र विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्दैन भन्ने धारणा कम हुँदै जानेछ । शिक्षा गुणस्तरहीन छ भन्ने भाष्यले नै हाम्रा बौद्धिक जनशक्ति पलायन हुन थालेको छ तर देशभित्रै रोजगारीका अवसर पाएर गुणस्तरीय शिक्षा हुन्छ भने आफ्नो थातथलो छाडेर कोही पनि बाहिर जान चाहँदैन । हाम्रो शिक्षा प्रणाली हाम्रा परम्परागत सोच नीति र संरचनामा परिवर्तन भने हुनैपर्छ । आजको भूमण्डलीकरणको प्रत्यक्ष प्रभाव विश्वभरि नै छ भने नेपाल त्यसबाट विमुख रहन सक्दैन ।
मानव समाज बदलिँदो छ हरेक कालखण्डमा धेरै कुरा परिवर्तन हुँदै आएको छ । युरोप अमेरिका जस्ता आजका विकसित मुलुकहरू पनि क्रमैसँग विकास हुँदै आएका हुन् । पठन संस्कृति स्थानीय यात्रा हाम्रा प्राचीन ऋषिमुनिहरूदेखि आजका विकसित मुलुकका नागरिकहरूमा पुस्तकप्रति आकर्षित हुँदै आए । पठन संस्कृतिलाई निरन्तरता दिन पुस्तकालयको आवश्यकता हुन्छ । केटा केटीलाई कस्तो पुस्तक पढाउने कस्तो कुरा सिकाउने भन्नेबारे पनि समाजमा तनाब बढ्दछ । हामीले सोच्दैनौं केटाकेटी कस्तो पुस्तक पढ्न रुचाउँदछन् । तिनलाई सकेसम्म आफ्नो सोचमा ढाल्नमात्र खोज्दछौं । घरमा ल्याउने पुस्तक पनि आफ्नो लागि एक प्रकारको हुन्छ केटाकेटीका लागि अर्को प्रकारको हुन्छ । यसमा पनि तिनको रुचि र चाहनालाई ख्याल गरिँदैन ।
विद्यार्थीलाई पढ्न सिकाउने विधि प्रारम्भिक बाल्यकालदेखि नै विकास गराउँदै ल्याउनुपर्छ । सुरुदेखि पढ्ने इच्छा जगाउन सकिएन भने पठन संस्कृतिको विकास हुन सक्दैन । अहिले प्रायः विद्यार्थी परीक्षाका लागि मात्र पढ्ने प्रवृत्ति छ । यो गलत विधि हो । पढ्ने, सिक्ने विधिलाई निरन्तरता दिइरहनुपर्छ । पाठ्यपुस्तकभन्दा बाहिरको उपयोगी सूचनामूलक शिक्षाप्रद र ज्ञानोपयोगी पुस्तक पढ्ने बानीले जीवन सार्थक बन्न मद्दत गर्दछ ।
आजको विकसित इन्टरनेटको जञ्जालमा पनि खोजी गरी पढ्नुपर्ने हुन्छ । इन्टरनेटमा हरप्रकारका सूचना पाउन सकिन्छ । इन्टरनेटबाट जानकारी लिँदा उपयोगी, अनुपयोगी छुट्याउन भने सक्नुपर्छ । यसमा विद्यार्थीले मात्र होइन जुन सुकै पाठकले पनि जीवन सार्थक विषय छान्नु राम्रो कुरा हुन्छ । मानिसले आदिम युगदेखि नयाँ कुरा पत्ता लगाउँदै नयाँ खोजी गर्दै आजको अवस्थामा आइपुगेको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच