
अहिलेसम्मको अवस्थामा कुनै पनि पार्टीका कुनै नेता जिल्ला जाँदा-आउँदा, कुनै कार्यक्रमको उद्घाटन, समापन वा शिलान्यास गर्न कुनै ठाउँका जनता र कार्यकर्ताले पनि उत्साहित हुने, तिनीहरूको सम्मान गर्ने र माला अबिरका साथ जयजयकार गर्न जरुरी छैन । राजनीतिका खेलाडीहरूसँग जयजयकार कमाण्ड गर्ने योग्यता नै छैन । जयजयकार डिमाण्डको विषय किमार्थ होइन । वर्तमानमा काठमाडौं विश्वविद्यालयले असफलहरूलाई दीक्षित गरेजस्तै हो वर्तमानका नेता नाम गरेका भ्रष्टलाई जयजयकार गर्नु । हिजोका उत्कृष्ट विश्वविद्यालय आज निकृष्ट किन बने ? यो कारण र परिणामका कारकलाई किन सम्मान ?
जयजयकारको हकदार मूलतः ईश्वर हुन्छन् । त्यसपछि विशिष्ट वा उत्कृष्ट काम गर्नेमात्र हुन्छन् । तर, दुर्भाग्य नेपाली राजनीतिमा भ्रष्टाचार, अनियमितता, धोखाधडी, सुन तस्करी, राज्यलाई कमिसनका लागि धोखा दिने अर्थात् बेइमानी गर्नेजस्ता निकृष्ट र निच काम गर्ने सम्मानित र पुरस्कृत किन ? सम्मानित हुने हक उत्कृष्ट नतिजा ल्याउने, उत्कृष्ट काम गर्नेलाई मात्र हुन्छ । जो निकृष्ट काम गर्छ, जसले देश र जनतालाई बारम्बार धोका दिएको छ । बेइमानी र भ्रष्टाचार शृंखलाबद्ध गरेको छ । सत्ता गठबन्धन भ्रष्टाचार गर्न र भ्रष्टाचारबाट जोगिने रणनीतिका साथ गर्छ । राज्यसत्तालाई सीमित व्यक्तिको स्वार्थको हतियार बनाउनेहरू किन र कसरी सम्मानित र पुरस्कृत हुने ?
हिजो नेपाली जनताको पक्षमा राजनीति गर्छन् कि भनेर हामीले जसलाई अप्ठ्यारो अवस्थामा दिल खोलेर सहयोग ग¥यौं । आदर गर्यौं । पालित पोषितमात्रै होइन पत्रंपुष्पम् पनि गर्यौं । अहिले थाहा भयो तिनीहरूका लागि हामी बेफ्वाँकमा भर्याङ बनिएछ ।
संसारभर उत्कृष्टमात्र पुरस्कृत र सम्मानित हुने सर्वमान्य नियमविपरीत निकृष्ट किन पुरस्कृत ? राजनीतिका जिम्मेवारहरूले देशलाई विकास र समृद्धिको मार्गमा लैजाने काममा अनवरत अवरोध उत्पन्न गरेर आफ्नो र आफ्नाको उन्नतिका खातिर भ्रष्टाचार, अनियमितता तथा कुशासनको रेकर्ड कायम गरेका छन् । देशलाई बर्बादीको खाडलमा हाल्ने, बर्बादीको नेतृत्व गर्नेहरूलाई किन सम्मान गर्ने ? देश र समाजबाट यस विकृतिको अन्त्य कहिले ? यिनीहरूले देश-जनताका नाममा आफू, आफ्नाका लागि नाजायज लाभ लिए । राजनीतिक अभिष्ट र गन्तव्य नै भ्रष्टाचार बन्यो अब किन तिनीहरू सम्मानित हुने ?
यिनीहरूका क्रियाकलाप, जीवनशैली, कार्यशैली, आचरण, व्यवहार आदिका कारण सम्मान गर्न अयोग्य छैनन् । तसर्थ सबै पार्टीको नेतृत्वमा रहेका कुनै पनि प्रकारको सम्मान गर्न, माल्यार्पण गर्न, पुरस्कृत गर्न लायक छैनन् बरू तिरस्कार गर्न योग्य छन् । तिरस्कृत गर्नुपर्नेलाई पुरस्कृत किन ? तिरस्कार गर्नुपर्नेलाई पुरस्कार र सम्मान गर्नु आफ्नै खुट्टमा आफैंले बन्चरो हान्नु हो ।
भ्रष्टहरू सम्मानित हुँदा भ्रष्टाचार फष्टाएको छ । यिनीहरूलाई सशक्तरूपमा निरुत्साहित नगरिकन भ्रष्टाचार न्यूनीकरणको सुरुवात कसरी हुन्छ ? सभा, समारोह साथै सामाजिक काम, व्यवहारमा समेत भ्रष्टलाई निषेधको वातावरण सशक्त कार्यान्वयनको चरणमा प्रवेश नगर्दासम्म भ्रष्टाचार घट्दैन । अहिलेको अवस्थामा नेपाल भ्रष्टाचार न्यूनीकरणको चरणमै प्रवेश गरेको छैन । परिणामस्वरूप भ्रष्टाचारको मात्रा र भ्रष्टाचारीहरूको संख्या दिनप्रतिदिन बढेको छ । हामी भ्रष्टाचार न्यूनीकरणको नाममा भ्रष्टाचार वृद्धि हुने वातावरण र क्रियाकलाप गर्दै जाने भ्रष्टाचार न्यूनीकरण कसरी हुन्छ ? यो क्रियाकलापले भ्रष्टाचार न्यूनीकरणको सुरुवात हुन्छ भन्ने भ्रमबाट जनता मुक्त हुनैपर्छ ।
हिजो नेपाली जनताको पक्षमा राजनीति गर्छन् कि भनेर हामीले जसलाई अप्ठ्यारो अवस्थामा दिल खोलेर सहयोग गर्यौं । आदर गर्यौं । पालित पोषितमात्रै होइन पत्रंपुष्पम् पनि ग¥यौं । अहिले थाहा भयो तिनीहरूका लागि हामी बेफ्वाँकमा भर्याङ बनिएछ । तिनीहरूलाई सहयोग गर्नुको कारण थियोे कि यिनीहरूबाट आमजनताको आर्थिक सामाजिक अवस्था बदलिन्छ । गरिबी, अभाव र परनिर्भरताबाट देशले मुक्ति पाउँछ । देश विकास र समृद्धिको बाटोमा हिँड्छ । गरिब र दुःखीका दिन फर्कन्छन् । परिवर्तनले गरिबलाई आय र निमुखालाई न्यायको प्रत्याभूति गर्छ । दुर्भाग्य जिम्मेवारी प्राप्त गर्ने सबैले विश्वास घात गरे । हिजो गरिबलाई आय र निमुखालाई न्यायको वकालत गर्नेहरूले अहिले आय र न्यायलाई ठगी खाने भाँडो बनाए ।
अहिले जो जो पदले माथि पुगे त्यसपछि उनीहरूले हिजो माथि चढ्न सहयोग गर्ने भर्याङलाई लात हाने । असल कार्यकर्ताहरूलाई शत्रु ठाने । अहिले पदीय हिसाबले माथि जाने प्रायः सबैले हिजोका शुभचिन्तकहरूको बेवास्तामा नै आफ्नो कल्याण सम्झे । किनकि पुराना कार्यकर्ता वा साथीले उनीहरूको पहिल्यैको आर्थिक, सामाजिक र पारिवारिक हैसियत थाहा पाएको हुनाले ती पुराना साथीसँग सम्बन्ध बिच्छेदबाट विकृति सुरु भयो । हिजोका सुकुम्बासी भ्रष्टाचारको जगमा अहिले सम्भ्रान्त बने । नयाँसँग हिमचिम र पुरानासँगको सम्बन्धमा यिनीहरूले पूर्णविराम लगाउन उचित ठाने ।
आजको सम्पन्नताको विषयमा पुराना अनभिज्ञ रहुन भन्ने मनसाय किन छ भने भ्रष्टाचारको चमत्कार कसरी हुन्छ पुराना साथीले नहेरुन् नदेखुन् भन्ने सचेतता पूर्वसुकुम्बासीमा प्रबल छ । तसर्थ जो बढी भ्रष्टाचारमा डुब्यो उसले पुराना साथीसँगको आत्मीय सम्बन्धलाई पारपाचुके नै ग¥यो किनकि देश र जनताका लागि राजनीति नगरेर आफ्ना लागि राजनीति गरेका कारण बाँचुन्जेल पद र पैसाको जोहो नै अहिले यिनीहरूको राजनीतिक गन्तव्य बन्यो । गरिबलाई आय, निमुखालाई न्याय भनेर घोक्रो सुकाउनेहरू अहिले पद, न्याय, आयलाई एकलौटी बनाएका छन् । जनता र कार्यकर्ता भर्याङ हुन् ।
माथि पुगेपछि त्यस भर्याङलाई लात्तीले हानेर फाल्नु नै यिनीहरूको आर्थिक समानता र प्रजातान्त्रिक समाजवाद भएको छ । अहिले नेपालमा तीन दशकसम्म त्यस्तै चरित्र र प्रवृत्ति हुनेहरूको हातमा सत्ता छ । सत्तामा हुँदा भ्रष्टाचार, मानव अधिकारको उल्लंघन, अनियमितता, कुशासन साथै भाइभतिजावाद यिनीहरूले आफ्नो सिद्धान्त, गन्तव्य बनाए भने यिनीहरू सम्मानित र पुरस्कृत कसरी हुने ? हाम्रो दुर्भाग्य यिनीहरूको निकृष्ट, भ्रष्ट चरित्रलाई मालाले पुर्ने, जयजयकार गर्ने जति सबै प्रजातान्त्रिक पद्धतिका साथै जनता र देशका शत्रु हुन् । प्रजातान्त्रिक शासनमा ग्रहण लगाउने, विकास, समृद्धिलाई अवरुद्घ गर्ने काममा यिनै जयजयकार गर्ने जिम्मेवार छन् । भ्रष्टाचारका नाइकेलाई जयजयकार गर्नुभनेको भ्रष्टाचार र कुशासनलाई अनुमोदन गर्नु हो ।
सत्तामा गएका अपवादबाहेक सबै भ्रष्टाचारको आहालमा डुबेका छन् । तसर्थ ती भ्रष्टलाई जयजयकार तिनीहरूकै छत्रछायाँमा भ्रष्टाचार गर्ने योजना हुनेले मात्रै गर्छन् । उच्चपदस्थ भनेको नेपालमा सबै कुलीन भ्रष्ट हुन् । समाजले भ्रष्टलाई सशक्त उपेक्षा र बेवास्ता गर्दा सबै भ्रष्ट निरुत्साहित हुन्थे तर हामीले भ्रष्टलाई निरुत्साहित हुने क्रियाकलापभन्दा उत्साहित हुने क्रियाकलाप गरेका कारण भ्रष्टाचार फष्टाएको हा ।
भ्रष्टाचारको जरामा मल हाल्ने क्रियाकलाप पूर्णरूपमा बन्द नहुँदासम्म नेपालीको भाग्योदय हुने ढोका खुल्दैन । भ्रष्टलाई जयजयकार र माला लगाउने विषयमा अब पनि नसोच्ने हो भने हाम्रो गरिबी, अभाव, युवा पलायन, वैदेशिक ऋण जस्ता नकारात्मक परिसूचकमात्रै बढ्दैनन् नेपालको भौगोलिक अस्तित्व पनि संकटग्रस्त हुनसक्छ । स्वच्छ नागरिक पनि आसेपासेहरूको उक्साहटमा भ्रष्टको जयजयकारमा र ती भ्रष्टलाई माला लगाउन पुगेको देखिन्छ । राष्ट्र र जनतालाई शोषण गरेर व्यक्तिगत लाभ लिनेहरूलाई किन सम्मान गर्ने ? जसले परीक्षमा उत्कृष्ट अंकका साथ पास हुन्छ त्यो मात्र सम्मान र पुरस्कारको हकदार हुन्छ ।
नेपालका वर्तमान र पूर्वराष्ट्रपतिहरू, प्रधानमन्त्रीहरू, मन्त्रीहरूको जयजयकार र मालाले सम्मान गर्नु भनेको असफल, अक्षम, भ्रष्टहरूलाई सम्मान गर्नु हो । असफलहरूलाई तिरस्कृत गरेर योग्य र सक्षमलाई परीक्षामा प्रतिस्पर्धा गर्ने अवसर दिने विषयमा सोचौं ।
यस विषयमा अब पनि नसोच्ने हो भने नेपाल र नेपालीको भविष्य र भाग्यलाई यिनीहरूले अझै गर्तमा हाल्छन् । भ्रष्टाचारी आफ्नो पार्टीको होस् वा अर्को पार्टीको तिनीहरूलाई तिरस्कार गर्ने काम गरिएन भने हामीले भ्रष्टाचारीलाई पुरस्कृत गरेको ठहर्छ । भ्रष्ट मनोवैज्ञानिक रूपमा कमजोर हुने अवस्था सिर्जना हुनसकोस् । आजसम्म सत्ता उपभोग गर्नेमध्ये अपवादबाहेक सबै भ्रष्टाचारमा चुर्लुम्म छन् ।
राज्य सञ्चालनको परीक्षामा भ्रष्टाचार र अनियमितता गर्ने, नातावादको पक्षमा काम गर्ने, राज्यकोषबाट अत्यधिक सुविधा लिने वा विविध प्रकारका नाजायज फाइदा लिनेबाहेक यस देशका प्रधानमन्त्री, मन्त्रीहरूले नियमानुसारको सुविधामा कोही पनि बाँधिएनन् । राज्य सञ्चालनमा जिम्मेवार भूमिकामा रहेकाहरू अनियमितता, भ्रष्टाचार तथा भाइभतिजावादमा डुब्नु भनेको परीक्षामा असफल हुनु हो । संसारमा कुनै यस्तो नियम र परम्परा छैन् जहाँ असफललाई फूलमालाले पुरस्कृत गरियोस् । नेपल नै यस्तो अपवाद हो जहाँ असफल सम्मानित र पुरस्कृत हुन्छन् ।
राजनीतिमा कार्यरत अहिलेको नेतृत्व पूर्णतः असफल प्रमाणित भएको अवस्थामा ती असफललाई मालाखादाले, फूलमालाले सम्मान गर्ने कामले परीक्षामा असफल पुरस्कृत हुन्छन् । कस्तो आश्चर्य, लज्जास्पद अवस्था असफललाई जयजयकार गरिन्छ र माल्यार्पण हुन्छ । यस्तो अवस्थामा असफल–सफलबीचको विभेद कसरी गर्ने ? अहिलेसम्म प्रधानमन्त्रीको जिम्मेवारीमा हुने प्रधानमन्त्रीहरूले र मन्त्रीहरूले यदि इमानदारीपूर्वक काम गरेको भए के हाम्रो जमिन बाँझो हुन्थ्यो ? व्यापार घाटा अक्कासिन्थ्यो ? ब्याजको भुक्तानी गर्न ऋण लिनुपथ्र्यो ? हिजो कृषिमा आत्मनिर्भर देश अहिले परनिर्भर हुन्थ्यो ? कुशासन र अनियमितता फष्टाउथ्यो ? किमार्थ फष्टाउने थिएन ।
यस्ता विकृति उत्पादन गर्ने को ? यिनै अहिलेसम्मका सबै राष्ट्रपतिहरू प्रधानमन्त्री र मन्त्रीहरू नै हुन् । यी सबै जिम्मेवारी निर्वहन गर्ने परीक्षामा नितान्त असफल हुन् । अब यिनै असफल, अक्षम र भ्रष्टलाई फेरि जयजयकार र फूलमाला लगाउनुभनेको परीक्षामा असफल हुनेहरूलाई पुरस्कृत गर्नु हो । संसारको परीक्षाको नियम नै परीक्षामा अत्यधिक अंक प्राप्त गर्नेलाई पुरस्कृत गर्ने प्रचलन छ ।
नेपालका वर्तमान, पूर्वराष्ट्रपतिहरू, प्रधानमन्त्रीहरू र मन्त्रीहरूको जयजयकार र मालाले सम्मान गर्नुभनेको असफल, अक्षम भ्रष्टहरूलाई सम्मान गर्नु हो । असफलहरूलाई तिरस्कृत गरेर योग्य र सक्षमलाई परीक्षामा प्रतिस्पर्धा गर्ने अवसर दिने विषयमा अब सोचौं । अहिलेसम्म नेपाली राजनीतिको प्रतिस्पर्धामा जपजसले भाग लिएका छन् ती सबै पूर्णतः असफल भएका छन् । भ्रष्टाचार अनियमितताको साम्राज्यलाई यिनीले सुशासन विकास र समृद्धिको नाम दिएका छन् तर यिनीहरू फूलमालाले सम्मानित हुने आधार के ?
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच