
झापा । नेपाली कांग्रेस झापाले सहकारी क्षेत्र हेर्ने समिति गठन गरेको छ । जिल्ला सहकारी संघ झापाको अधिवेशन सम्मुखमा रहँदा कांग्रेसले समिति गठन गरेको हो ।
संघको साधारणसभा पुस २७ गते तोकिएको छ । साधारणसभाले निर्वाचन समितिलाई नयाँ नेतृत्वका चयनका लागि मिति तोकेर समय उपलब्ध गराउने छ । माघमा संघको नयाँ नेतृत्व चयन हुनेछ । मौजुदा सहकारी संघ झापाको नेतृत्वमा कांग्रेसको प्रतिनिधित्व छैन ।
कांग्रेसले दुर्गाप्रसाद सापकोटाको संयोजकत्वमा १५ सदस्यीय समिति गठन गरेको हो । कांग्रेसले जिल्ला सहकारी संघको निर्वाचनमा संयोजनकारी भूमिका निर्वाह गर्न सापकोटा संयोजकत्वको जिम्मेवारीसमेत तोकेको छ । सापकोटा सहकारीमा लामो अनुभव भएको र जिल्ला संघमा पटकपटक प्रतिनिधित्व गरिसकेको व्यक्ति हुनुहुन्छ ।
कांग्रेसले आवश्यक समन्वय गर्न नसक्दा संघको इतिहासमा कांग्रेसले मौजुदा संघको प्रतिनिधित्व गुमाएको हो संघको नेतृत्व छानिँदा समन्वय गर्ने जिम्मेवारी पाएका कांग्रेस नेताले आफू निकटका मानिस मात्रै पठाउने सोच राख्दा र सही भूमिका निर्वाह गर्न नसक्दा संघमा कांग्रेसको उपस्थिति शुन्य भएको थियो । विगतको अवस्था दोहिरिन नदिने उद्देश्य राखेर कांग्रेस झापाले सापकोटा नेतृत्वको समिति गठन गरेको हो ।
झापाका सहकारी संस्थामा नेतृत्व गरिरहेका कांग्रेस निकट अध्यक्ष, सदस्य र सहकारी संस्था आबद्ध कर्मचारीहरुको भेलाले पुष्पराज कार्की, दिपक काफ्ले, विनोद ढकाल, प्रकाश चुडाल, कर्मा शेर्पा, रोशन विष्ट, शेखरनाथ अधिकारी, टीकाराज सापकोटा, देवीका बस्नेत, भूपाल बस्नेत, पम्फा विक, लवकुमार चौधरी, युवराज गिरी, भुपाल बस्नेतलाई सदस्य छानेको छ ।
कार्यक्रममा कांग्रेस सभापति देउकुमार थेवेले सहकारीका माध्यमबाट समाजवादी सिद्धान्तलाई व्यवहारमा उतार्न सकिने बताउनुभयो । बिपी कोइराला प्रधानमन्त्री हुँदा नै मुलुकमा सहकारी संस्था स्थापना भएको स्मरण गर्दै सभापति थेवेले उहाँले नै सहकारीका माध्यमबाट समाज परिवर्तन र आयस्तर बृद्धि गर्न सकिने धारणा अघि सारेको बताउनुभयो ।
भेलालाई सम्बोधन गर्दै कांग्रेस झापा सचिव नवीन विमलीले सहकारी सञ्चालनमा पारदर्शी मितव्ययी बन्दै तथा ऐन, नियमको कार्यान्वयन र पालना गरेर अघि बढे सदस्यको आवश्यकता पूरा गरि जीवनस्तर सुधार्न सकिने धारणा राख्नुभयो। उहाँले आयमुलक कार्यमा ऋण परिचालन गर्न सहकारीकर्मीलाई आग्रहसमेत गर्नुभयो ।
कांग्रेस कोशी प्रदेश समिति सदस्य एवं कोशी प्रदेश सहकारी विभागका संयोजक चन्द्रा खड्का भट्टराईको अध्यक्षतामा सम्पन्न भेलामा कांग्रेस निकट एक सयबढी सहकारीकर्मीको सहभागिता रहेको कांग्रेस झापाका कार्यालय सचिव जयकुमार दाहालले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच