काठमाडौंलाई सबैको अपनत्व महसुस हुने महानगर बनाउँछु : सिर्जना सिंह

Read Time = 1 min

काठमाडौं । सत्ता गठबन्धनबाट काठमाडौं महानगरकी मेयरकी उम्मेदवार सिर्जना सिंहले आफूले जितेमा महानगरलाई महान् घरजस्तो बनाउने बताउनु भएको छ ।

गठबन्धनको काठमाडौंमा भएको चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेस नेतृ सिंहले यस्तो बताउनु भएको हो ।

उहाँले भन्नुभयो, ‘काठमाडौंमा हाम्रो जित निश्चित छ । हामी जितेर आएपछि जनताले सोचेजस्तो काठमाडौं बनाउँछौं । मतदाताको शिर निहुरिन दिदैनौं । महानगरलाई महान् घरजस्तो बनाउँछु । सबैलाई सम्मान गर्ने र सबैलाई अपनत्व दिने काठमाडौं बनाउँछौं’ ।

रत्नपार्कस्थित शान्ति वाटिकामा आयोजित चुनावीसभामा बोल्दै उहाँले महानगरलाई सबै जातजातिको, सबैलाई सम्मान गर्ने र सबैको अपनत्व महसुस हुने महानगर बनाउने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?