भारतमा उपराष्ट्रपति चयनका लागि मतदान

Read Time = 2 mins

नयाँदिल्ली । भारतमा उपराष्ट्रपति चयनका लागि शनिबार मतदान भएको छ । सबैभन्दा पहिले प्रधानमन्त्री नरेन्द्र मोदीले मतदान गरेर मतदान प्रक्रिया सुरु भएको अधिकारीहरूले जनाएका छन् । उपराष्ट्रपतिको चयन संसदबाट हुने भएकोले संघीय संसद्मा मतदान भएको हो । उपराष्ट्रपति चयनका लागि मतदान गर्न लोकसभा र राज्य सभाका सबै सांसद तथा मनोनित सदस्यहरू योग्य मानिन्छन् । मतगणना शनिबारै गरेर नतिजा पनि सार्वजनिक हुने बताइएको छ ।

नवनिर्वाचित उपराष्ट्रपतिलाई सपथ खुवाउने कार्यक्रम भने आगामी अगष्ट ११ मा मात्रै गराइने तालिका रहेको छ । सन् २०१७ मा निर्वाचित वर्तमान उपराष्ट्रपति एम बेकैया नायडुको कार्यकाल अगस्ट १० मा सकिने भएकाले नवनिर्वाचित उपराष्ट्रपतिलाई अगष्ट ११ मा सपथ खुवाइने भएको हो ।

नयाँ उपराष्ट्रपतिका लागि विपक्षी दलहरूको तर्फबाट मार्गरेट अल्भालाई उम्मेदवार बनाइएको छ भने सत्तारुढ दलहरूको तर्फबाट भारतीय जनता पार्टीका शीर्ष नेता जगदीप धनकरलाई उठाइएको छ । उहाँ व्यावसायिक हिसाबले वकिल हुनुहन्छ भने यसअघि पश्चिम बंगालको गभर्नर हुनुभएको थियो । सन् २०१९ मा गभर्नरमा नियुक्त हुनुभएका धनकरले मुख्यमन्त्री ममता बेनर्जीसँगको चिसो सम्बन्धका कारण राजीनामा दिनुभएको थियो । भारतको संविधान अनुसार उपराष्ट्रपति देशको दोस्रो ठूलो पद हो । रासस/एएनआई ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?