मुख्यमन्त्रीबाटै प्रदेश नामकरणको विषयमा ढोका बन्द भयो : पूर्वमुख्यमन्त्री राई

Read Time = 3 mins

-निरोज कोइराला
भोजपुर । प्रदेश १ को नामकरणका बिषयमा मुख्यमन्त्री राजेन्द्र कुमार राईले नै विकल्पका ढोकाहरु बन्द गरेका कारण नाम राख्न समस्या भएको पूर्वमुख्यमन्त्री शेरधन राईले बताउनु भएको छ । नेकपा (एमाले) प्रदेश १ को नाम टुंग्याउने पक्षमा रहे पनि अहिलेका मुख्यमन्त्रीले बिकल्पका ढोकाहरु बन्द गरेका कारण नामकरणका बिषयमा सहमति कायम हुन नसकेको पूर्वमुख्यमन्त्री राईको भनाई रहेको छ ।

नेकपा एमालेका स्थायी समिति सदस्य समेत रहनुभएका राईले प्रदेश १ को नामाकरणको विषय सम्वेदनशील रहेको बताउँदै, एमाले नामकरणका विषयमा कोशी, सगरमाथा, विजयपुर, सप्तकोशी, किरात लगायतमा छलफल गर्न तयार रहेको बताउनुभयो । नेता राईले नामाकरणका विषयमा सत्तारुढ दलहरु नै उदासिन देखिएको बताउँदै कांग्रेसले समेत खुट्टा कमाएको बताउनुभयो ।

प्रेस चौतारी नेपाल भोजपुरले मंगलवार गरेको पत्रकार सम्मेलनमा बोल्दै राईले अहिलेका मुख्यमन्त्रीले आफुले चाहेको बाहेक अरु कुनै पनि प्रस्तावित नामको बारेमा छलफल नै गर्न नचाहेको आरोप लगाउनुभयो । आफ्नै नाममा अडान राख्ने, आफ्नो बाहेक अन्य विकल्पमा छलफल नै गर्न नचाहने मुख्यमन्त्रीको अडानका कारण समस्या देखिएको बताउँदै पूर्वमुख्यमन्त्री राईले नामाकरणको बिषय सजिलो विषय नभएको बताउनु भयो ।

आफ्नो कार्यकालमा प्रदेशको राजधनी टुङगो लगाएपछि नामाकरण गर्न पहल गरेको भएपनि दलहरु आन्तरिक तयारी कम र किचलोको कारण नाम राख्न नसिकएको पूर्वमुख्यमन्त्री राईको भनाई छ । जिल्लास्तरीय कार्यकर्ता प्रशिक्षणका लागि राई सहित स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, स्थायी कमिटी सदस्य राजेन्द्र गौतम, प्रदेश १ का पूर्व आन्तरिक मामिला मन्त्री हिकम्त कार्की लगायतका नेताहरु अहिले भोजपुरमा हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?