सरकारको चुनाव सार्ने प्रयास असफल भयो : प्रदीप ज्ञवाली

Read Time = 4 mins

-डम्मर बुढा मगर
बागलुङ । नेपाल कम्युनिस्ट पार्टी एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले संघीय निर्वाचनलाई फागुनमा सार्ने सरकारको प्रयास असफल भएको बताउनु भएको छ ।

मंगलबार बागलुङमा आयोजित एक कार्यक्रममा बोल्दै ज्ञवालीले गठबन्धनमा सहभागी सबैलाई आलोपालो मन्त्री पु¥याउनका लागि सरकारले चुनाव सार्ने प्रयास गरेको भन्दै त्यो प्रयास असफल भएको बताउनुभयो ।

‘गठबन्धन भित्र सबैलाई आलोपालो मन्त्री बनाउने र सबैको पालो पु-याउने योजना अन्तरगत दोस्रो लहरको पालो त पुग्यो, अब तेस्रो क्यूमा बसेकाहरुको पालो त पु-याउनु प-यो,’ उपमहासचिव ज्ञवालीले भन्नुभयो ‘पार्टी फुटाएका बापत छ महिना भए पनि जागिर खुवाउने मनाशाय निम्ति तेस्रो लहरमा बसेकालाई मन्त्री बनाउने गरि फागुनमा चुनाव गर्ने प्रयास भएका थिए, त्यो प्रयास असफल भयो ।’

उहाँले चुनाव घोषणा भएपछि सरकार काम चलाउन भएको भन्दै अब यो सरकारले कुनै पनि दीर्घकालीन प्रभाव पार्ने निर्णयहरु, कुनै पनि बजेट विनियोजनहरु गर्न नहुने बताउनुभयो । पूर्व पराराष्ट्र मन्त्री समेत रहेका ज्ञवालीले एमाले पाँच एजेण्डा लिएर चुनवाका लागि जनता माझ जान लागेको बताउनुभयो ।

एमालेको शक्ति देखेर गठबन्धमा दल थप्ने कार्य भइरहेको भन्दै अहिले एमालेका कारण गठबन्धको घ्याम्पो हल्लिएको टिप्पणी समेत गर्नुभयो । अहिलेको सरकारले चुनावी मिति तय गर्नु सकरात्मक भएको भन्दै एमाले पाँच वटा रणनैतिक योजनाका साथ जनतासामु जान लागेको समेत जानकारी गराउनुभयो ।

ज्ञवालीले परराष्ट्र नीति, नागरिकता विधेयक, एसपीपी, आर्थिक संकट तथा भष्ट्राचारको विषयमा जनतालाई प्रष्ट पार्दै समृद्धिको लागि योजना बनाएर चुनावमा जान तयार भएको जानकारी गराउनुभयो । अहिलेको गठबन्धन सरकारले गरेका विवादस्पद कुराहरुलाई एमालेले जनतालाई बुझाएर आर्थिक समृद्धिको योजना अघि सार्दै जनताकोमा जान थालेको नेता ज्ञवालीको भनाई छ ।

उहाँले एमालेका विरुद्ध पाँच दल डराएर अझै अन्य दल थपेर गठबन्धन गर्ने योजनाले नेकपा एमालेको क्षमता प्रष्ट भएको बताउनुभयो । उहाँले दलीय नीति तथा विचारलाई त्यागेर सत्ताका लागि गरिने गठबन्धनको औचित्य नरहेको बताउनुभयो ।

उहाँले सिसिटिभि फुटेज छानबिन समितिमा एमालेलाई बहुमतको आधारमा लत्याएर निश्कर्ष निकालेको आरोप समेत लगाउनुभयो । अहिलेको अर्थतन्त्र सुधार गर्नका लागि पूँजीगत खर्च बढाउने, चुहावट रोक्ने र करका दायरा नियन्त्रण गर्ने लगायतका काम गर्नु पर्ने बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?