रमेशको ‘जति टाले पनि’ श्रोता/दर्शकमाझ

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । गीतकार रमेश दहालको नयाँ गीत ‘जति टाले पनि जुता कुर्कुचामा फाट्यो’ सार्वजनिक भएको छ । साधारण मानिसका कथामा गीत लेख्ने गीतकार दहालको नयाँ गीतको भिडियो सार्वजनिक भएको हो ।

‘रेलको बाटो, सिंहहदरबार’लगायत गीतबाट परिचय बनाउनुभएका गायक तथा संगगीतकार सुरज पण्डितको संगीत तथा स्वरमा बनेको यो गीत ज्वाला प्रडक्सनले उत्पादन गरेको हो ।

अझै पनि नेपालका कतिपय दुर्गम बस्तीमा यातायातको सुविधा छैन । यातायातको अभावमा मानिसले दैनिक उपभोग्य बस्तुदेखि निमार्ण सामग्री तथा औषधिमूलो समेत ढाकरमा बोकेरै लानुपर्ने बाध्यता छ । शहरमा समेत भारी बोकेरै आफ्नो जीवन गुजारा गर्नेहरूको संख्या ठूलै छ । यही श्रमजीवी वर्गको जीवन संघर्षलाई टिपेर लेखिएको गीतमा सुरजले संगीत भरेर गाउनुभएको हो । गीतमा कमल सौरागको संगीत संयोजन छ । सार्वजनिक गीतको भिडियोमा धनराज थापा, सरस्वती खत्री, र ईश्वर थापाकोे अभिनय छ ।

नेपाली सांगीतिक बजारमा के कस्ता गीत चल्ले हुन् त्यो अनुमान लगाउन सकिने अवस्था छैन । गीतमा गरिको लगानी पनि सुरक्षित छैन तापनि साहित्यिक चेतनाले पूर्ण गीत लेख्दै आउनुभएका रमेशका छाउपडि, भ्रष्टाचार, सामाजिक विभेद, अशान्ति, तथा युवा विदेश पलायन जस्ता विषयमा लेखिएका गीतहरू चर्चित छन् । फरक धारका गीत लेखेर चर्चामा रहनुभउका रमेश गीतसंगीतमा अनुसन्धान तथा समीक्षासमेत गर्ने गर्नुहुन्छ ।

उहाँका गीतले सामाजिक सद्भाव, शान्ति, समावेशीकरणमा समेत प्रभाव पारेको यस क्षेत्रका विज्ञहरूको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?